जेठ ७ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आज राजधानीमा शक्ति प्रर्दशन गर्दैछ । विप्लवको शक्ति प्रर्दशनलाई मोहन वैद्य र हेमन्त प्रकाश वलीको पार्टीको समर्थन रहेको छ ।
विप्लव माओवादीले दिउँसो खुलामंचमा जनसभा आयोजना गरेकोछ । त्यहाँ पार्टी महासचिव नेत्रविक्रम चन्द विप्वलले संवोधन गर्नेछन् ।
सभा अगाडि लैनचौर, कंलकी–कालिमाटी, कोटेश्वर–बबरमल, कुपण्डोल, चाहविललगायत विभिन्न ठाउँबाट ¥याली निकाल्दैछन् ।
एकीकृत क्रान्तिको सिद्धान्त बनाएर पार्टीलाई शहरबाट गाँउ लैजाने नीति बनाएका विप्लवको राजधानीमा हुन थालेको सभालाई चासोका साथ हेरिएको छ । उनले फेरि राजधानी वा शहर केन्द्रित राजनीतिलाई प्राथामिकता दिन थालेका हुन रु भन्ने प्रश्न पनि उठाइएको छ ।
No comments:
Post a Comment