राम नारायण पंडित, सिरहा, ०४ जेष्ठ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा शुक्रबार भएको डकैती अहिले चर्चाको बिषय बनेको छ । सिरहा जिल्ला अन्तर्गत रहेको मिर्चैया नगरपालिका ७ जिवामा शुक्रबार राती करीब १ बजे १५ जनाको समूहमा आएका नकावधारी डाँकाको समूहले बम विस्फोट गराउँदै डकैती गरेका छन् । डाँकाहरुले मिर्चैया नगरपालिका ७ का राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिबारीको घरबाट गरी लाखौको धनमाल लुटेर लगेका छन् । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप, मोबाइल र अन्य जिन्सी सामान गरी अन्दाजी १० बराबरको धनमाल लुटेर लगेको पिडितहरुले बताएपनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले करीब ३ लाख मोलबराबरको समान लुटेर लगेको बताए । यस सम्बन्धमा अनुसन्धान पनि भईरहेको उनले थपे । डाँकाहरुले प्रकाश तिवारीको घरबाट चार तोला सुन, नागरिकता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र लगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेका छन् । त्यस्तै, राजाराम यादवको घरमा दश हजार रुपियाँ बराबरको सरसामान लुटपाट गरेका छन् भने रामेश्वर यादवको घरबाट नगद, एक थान ल्यापटप, दुई तोला सुन, २४ तोला चाँदी, मोवाइल र अन्य समानहरु लुटेका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैया घटना स्थल भन्दा मात्र एक किलोमिटरको दुरीमा ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट करीब एक किलो मिटरको दुरीमा घटनास्थल पर्छ । तर, समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासीहरुले बताए । प्रहरीलाई खबर गरेपनि समयमा नआएकोले प्रहरी माथी पनि शंका उत्पन्न भएको पिडित राजाराम यादबले आरोप लगाए । डकैती भईरहेको जानकारी ईलाका प्रहरी कार्यालयमा गराउँदा पनि ड्यिुटीमा रहेका प्रहरीले अर्को नम्बरमा फोन गर्नुस भन्दै फोन काटेको स्थानियको आरोप रहेको छ । डकैती भईरहेको जानकारी गराएको भएपनि प्रहरी एक घण्टा भन्दा ढिलो गरी मात्र घटनास्थलमा पुगेको पिडितहरुले गुनासो गरे । खबर गरेपछि छिटो किन नआउनु भएको भनेर प्रहरीलाई भन्दा “आफुलाइ पनि ज्यानको डर रहेको भन्दै पन्छिन खोज्यो” स्थानियले थपे । यता, ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले घटनाको जानकारी पाउने लगते आफु घटना स्थलमा पुगेको बताए । उनले भने “मलाई राती १ बजेर ५२ मिनेटमा फोन आयो र म २ बजे घटनास्थलमा पुगे तर तर डाँकाहरु भगिसकेको थियोे” ।
प्रतिकार गर्दा एक महिला घाइते ।
डाँकाको प्रतिकार गर्दा राजाराम यादबको बहिनी अन्दाजी ३५ बर्षीय ललितादेवी यादव घाइते भएकी छिन् । आफु निन्द्रामा सुतिरहेको बेला डाँकाहरु आएर सुनचाँदी छिटो ल्याउ भन्दै गाली गलौज गर्दै कुटपिट गरेको घाइते महिला ललिताले बताए । आफुसंग केहि छैन् भनेर भाग्न खोज्दा डाँकाहरुले कुटपिट गरि घाइते बनाएको उनले सुनाए ।
बम विस्फोट गर्दै डकैती ः स्थानियबासी ।
करीब १५ जनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै त्रसित बनाएर डकैती गरेको स्थानीयवासीले बताए । डाँकाहरुले ३ वटा बम र करीब ४ राउण्ड गोली फायर गरेको उनीहरुले बताए । तर, समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । स्थानीयवासीले भने, ‘बम पड्काउँदा हामी स्थानीयवासी डरले भाग्यौँ। प्रहरी समयमा नआउदा डाँकाहरु लुटपाट गरी भाग्न सफल भएँ ।’ डाकाहरुले पेस्तोल, सकेट बम, लाठी, टर्च, बनचरो लगायतका हतियारहरुले घरका सदस्यहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरी फरार भएको पीडित रामेश्वर यादवले बताए । “डाँकाले आफुलाई पनि कन्चटमा पेस्तोल तेर्साई नियन्त्रणमा लिई लुटपाट गरेको” पिडित रामेश्वरले बताए ।
प्रहरीको अनुसन्धान फ्तिलो ः पिडित ।
डकैती भएको ३ दिन बिते पनि प्रहरीले अहिले सम्पन्न घटनाको नजिक पुग्न सकेको छैन । “यसबाट प्रष्ट हुन्छ कि प्रहरीको अनुसन्धान कमजोर छ” पिडितले गुनासो गरे । घटनास्थल नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त आर्यालको घर भन्दा करीब २ सय मिटर र ईलाका प्रहरी कार्यालय मिर्चैया भन्दा करिब एक किलोमिटरको दूरीमा मात्र रहेको छ । “आइजिपि आर्यालको घरमा अन्य दिन राती अबेर सम्म डियुटीमा रहने प्रहरी घटना भएको दिन त्यहाँ थिएनन्, यसबाट प्रहरीमाथि शंका उत्पन्न भईरहेको छ” पिडित राजारामले बताए ।
पिडित प्रहरी कार्यालय घेराउको तैयारीमा ।
पिडितहरुले ४ दिन बिते पनि प्रहरीले अनुसन्धानमा तदारुक्ता नदेखाएकोले आफुहरु ईलाका प्रहरी कार्यालय मिर्चैयाको घेराउ गर्ने तयारी गरेको पिडितहरुले बताएका छन् । मिर्चैयाका प्रहरी नायब उपरीक्षक चौधरीले डकैतीको अनुसन्धानलाई सामान्य चोरीको घटना जस्तै अघि बढाएको भन्दै पीडितहरु आक्रोशित भएका छन् ।
अनुसन्धान तीब्र रहेकोले अपराधि छिटो नियन्त्रणमा आउने ः डिएसपी चौधरी ।
शुक्रबार राती मिर्चैया ७ जिवामा भएको डकैतीको अनुसन्धान सुक्ष्म तवरले भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले बताएका छन् । घटनाको अनुसन्धान बिभिन्न किसिमले भईरहेकोले अपराधी छिटो नियन्त्रणमा आउने उनले बिश्वास व्यक्त गरे । घटनास्थलको प्रकृतिको समेत अध्ययन गर्दै अनुसन्धान गरिरहेको उनले थपे । अनुसन्धानको क्रममा केहि ब्यक्तिलाई पक्राउ गरे पनि वास्तबिक अपराधि नजिक नपुगेको र छिटै अपराधि नजिक पुग्ने उनले दाबी गरे । सुरुमा कुकुर ल्याएर अनुसन्धान गर्ने बताएपनि बर्षा भएकोले नल्याएको डिएसपी चौधरीले बताए । उनले घटनाको अनुसन्धान भईरहेको र केहि सामग्री समेत बरामद भएकोले चाडै घटनाको सत्यतथ्य सार्बजनिक गर्ने बताए । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली डकैती नभएर चोरी रहेको बताएका छन.् । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको एसपी ज्ञावालीले बताए ।
No comments:
Post a Comment