
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाको आधारमा चोरीएको नगद तथा मोबाइलसहित जिल्ला सिरहा नगरपालिका(१ निवासी २२ वर्षीय गणेशकुमार पासवान र सोही ठाउँका १८ वर्षीय सन्तोषकुमार कामतीलाई पक्राउ गरेको हो। पक्राउ परेका पासवान र कामतीले गत शुक्रबार सिरहा नगरपालिका(७ निवासी उर्मिला यादव, राकेश मल्लिक तथा विवलकुमार विष्टलगायतका व्यक्तिको घरबाट नेपाली नगद रु १६ हजार तथा विभिन्न किसिमका मोबाइलसमेत चोरी गरी फरार रहेकाले निजलाई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ परेकाको साथबाट चोरी गरी लगेकोमध्ये नेपाली १२ हजार ४ सय ६५ नगद तथा विभिन्न किसिमका छ थान मोबाइलसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए। पक्राउ भएकामाथि चोरी ऐनअन्तर्गत मुद्दा चलाइने जनाइएको छ।
No comments:
Post a Comment