जनकपुरधाम, ३ जेठ । जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियालाई गोली हानेर मारेको आरोपमा पक्राउ परेका मनक लामाले हत्या आरोप स्वीकार गरेका छन् । गएको शुक्रबार मोरङको विराटनगरबाट पक्राउ परेका ३० वर्षे मनक लामाले हत्या स्वीकार गरेका हुन् । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले पत्रकार समक्ष हत्या आरोप स्वीकारेका हुन् । मनक लामा भनिने ३० वर्षका मनकलाल थोकर धनुषाको धनुषाधाम नगरपालिका ६ का बासिन्दा हुन् ।
रक्सीले मातेर गोली प्रहार
‘योगेन्द्र सहनीले एक जनालाई मार्नु त्यसको लागि पैसा दिन्छु, कुनै चिन्ता लिनु पर्दैन भन्दै हतियार दिएर सिंघानियालाई चिनाएका थिए’ लामाले भने ‘उनले नै भनेपछि मैंले शिवचोकमा गोली हानेको हो ।’ एकलाल भनिने योगेन्द्र सहनी सिंघानिया हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परिसकेका छन् ।
पक्राउ परेका लामाले सिंघानियालाई गोली हान्ने बेलामा आफू रक्सीले मातेको पनि बताएका छन् । ‘मलाई गोली चलाउन आउँदैन थियो’ उनले भने ‘उनीहरु ९फरार प्रतिवादी सद्भावना पार्टीका केन्द्रिय सदस्य रामविनोद यादव, एकलाल सहनी, चन्द्रदीप यादव०ले नै यसरी गोली हान्नु पर्छ भनेर सिकाए, अनि मैंले टन्न रक्सी खाएर गोली चलाएँ ।’
सञ्जय दाइले बचाउने आश्वासन
लामाले हत्याको मुख्य आरोप लागेका धनुषा क्षेत्र नं। ४ का निलम्बित सांसद संजय साहलाई भने नचिनेको बयान दिएका छन् । उनले घट्नाका फरार प्रतिवादी सद्भावना पार्टीका केन्द्रिय सदस्य रामविनोद यादव, एकलाल सहनी, चन्द्रदीप यादवलाई मात्रै चिनेको लामाले बताए । ‘उनीहरुले मान्छे मार्न डराउनु पर्दैन सञ्जय दाइ छँदै छ नि हामीलाई बचाउने चाहिँ भनेका थिए’ लामाले भने ।
उनले सिंघानियाको हत्यापछि आफू सरकारी गाडी चढेर धनुषाको किसान नगरसम्म पुगको जानकारी पनि दिए । त्यतिखेर हत्या आरोपी सञ्जय साह राज्य मन्त्री रहेको र उनकै झण्डावाल गाडीमा चढाएर लामालाई किसननगर पुर्याएको दावी प्रहरीले गर्दै आएको छ ।
हत्यापछि मलेसिया
सिंघानियाको हत्या गर्ने बेलामा १० लाख दिन्छु भनेपनि आफूले नपाएको लामाले दावी गरे । त्यसपछि लामा कामका लागि मलेसिया उडेका थिए । मलेसियामा केहि वर्ष काम गरेर फर्केपछि उनी भारतका लुकेर बस्दै आएका थिए ।
बेला बेलामा नेपाल आइरहने उनलाई प्रहरीले विशेष गोप्य सूचनाको आधारमा गएको शुक्रबार मोरङगको विराटनगर उपमहानगरपालिका २० स्थित बर्मा टोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
हत्यामा संलग्न सद्भावना पार्टीका केन्द्रिय सदस्य रामविनोद यादव बाहेक सबै पक्राउ परिसकेको र यादवको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका सुटर लामालाई आइतवार नै जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइसकेको छ ।
प्रहरीले घटनामा संलग्न अभियोगमा धनुषा निलम्बित सांसद संजय साह, मनक लामा, रामविनोद यादव, योगेन्द्र सहनी, चन्द्रदीप यादव, ओमप्रकाश यादव, मुकेश चौधरी, विजय कुशियैत, अंशी राईन, पवन लामा र रामकरण यादवलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ ।
जनकपुर टुडे तथा रेडियो टुडेका सञ्चालक सिंघानियाको २०६६ साल फागुन १७ गते होली पर्वको दिन बेलुकी जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या भएको थियो । सभार उज्यालो अनलाईन
Home /
Apradh Khabar
,
Breaking
,
Headline2
,
social
,
Socity
,
Special News
/
सिंघानियालाई गोली हान्ने मानक सँगको बयान : रक्सी खाएर गोली हाने
No comments:
Post a Comment