काठमाडौं, जेठ २ ।सिंहदरबार घेराउ गर्न आएका मधेसी तथा जनजाति आन्दोलनकारीलाई मध्यनजर गर्दै मुख्य नाका काठमाडौंको नागढुंगामा कडा चेक भइरहेको छ।एक साताअघि देखि नै चेक सुरु भएपनि शनिबारबाट भने कडा पारिएको छ। नागढुंगामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ। चेक भएकै कारण नागढुंगादेखि धादिङको नौबिसेसम्म सवारी जाम भएको छ। नागढुंगाबाट धादिङको नौबिसे २६ किलोमिटर छ ।जाममा बस र मालमालक सवारी साधन बढी देखिन्छन भने काठमाडौंबाट बाहिरिने सवारी साधन भने केही सहज रुपमा बाहिरिएका छन्। गृह मन्त्रालयकै आदेशमा नागढुंगामा कडा चेक भइरहेको एक प्रहरी अधिकारीले जानकारी दिए। चेकका क्रममा कतिपय बसहरुबाट बाँसका भाटासमेत बरामद भएको उनले बताए।
Home /
Bichitra
,
National
,
Politics
,
Special News
/
आन्दोलनकारीलाई नागढुंगामा कडा चेक,नौबिसेसम्म सवारी जाम
No comments:
Post a Comment