/ , , , , , / पुनर्निर्माणका लागि थप ११ अर्व ११ करोड निकासा

पुनर्निर्माणका लागि थप ११ अर्व ११ करोड निकासा

काठमाडौं, २ जेठ  । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट क्षति भएका घरहरु पुनर्निर्माणका लागि विभिन्न जिल्ला विकास समितिहरुलाई ११ अर्व ११ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरणका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १२ अर्ब ४१ करोड रुपैयाँ निकास गरेको थियो ।

निकास भएका रकम मध्ये धादिङ जिल्ला विकास समितिलाई ११ करोड ३३ लाख ५० हजार रुपैयाँ, दोलखा जिल्ला विकास समितिलाई २ अर्ब २२ करोड २५ लाख ५० हजार रुपैयाँ, काभ्रे जिल्ला विकास समितिलाई १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ, रसुवा जिल्ला विकास समितिलाई २६ करोड, १५ लाख ५० हजार रुपैयाँ, नुवाकोट जिल्ला विकास समितिलाई १ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ, सिन्धुपाल्चोक जिल्ला विकास समितिलाई १ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रवक्ताका रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

यस्तै गोरखा जिल्ला विकास समितिलाई २१ करोड ४५ लाख रुपैयाँ, ओखलढुङ्गा जिल्ला विकास समितिलाई ७४ करोड ९२ लाख ५० हजार, सिन्धुली जिल्ला विकास समितिलाई ७ करोड ५० लाख र मकवानपुर जिल्ला विकास समितिलाई ३७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा तीनवटै बैंकिङ एशोसियसनले गरेको निर्णय अनुसार भूकम्प अति प्रभावित ११ जिल्लाका सबै गाविस तथा नगरपालिकाहरुको क्षेत्र विभाजन हुने व्यवस्था मिलाइएको छ ।

यसै अनुसार जिल्ला विकास समिति र बैंकहरुबीच हुने सम्झौताका आधारमा घरधनीहरुले रकम प्राप्त गर्न सक्नेछन् । उपक्षेत्रीय कार्यालय दोलखाका अनुसार दोलखाका १०, रामेछापका ४१ र ओखलढुङ्गाका २४ गाविसमा अनुदान सम्झौता जारी छ ।

अहिलेसम्म ८ हजार घरधनीसँग सम्झौता भएको छ । गत चैत्र २१ गते नामावली प्रकाशित भएका आठ जिल्लाका आठ गाविस तथा नगरपालिकाहरुमा जिल्ला समन्वय समितिको कार्ययोजना अनुसार रकम भुत्तानी गर्ने क्रम जारी रहेको पनि प्राधिकरणले जनाएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment