काठमाडौं, जेठ २ । सङ्घीय गठबन्धनको सिँहदरबार घेराउ कार्यक्रम अन्तर्गत आज दोस्रो दिन पनि देशको मूल प्रशासनिक केन्द्रतर्फ जाने दुई मूख्य बाटाहरु अवरुद्ध गरिएका छन् । गठबन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक दलका अध्यक्ष एवं नेताहरुको अगुवाइमा नयाँवानेश्वर हनुमानस्थान जाने विजुलीबजारको पुलमा आन्दोलनकारीहरु बसेका छन् ।बिजुलीबजारको पुलको पश्चिमपट्टी भाटभटेनी अगाडि सुरक्षाकर्मीहरुले लगाएको काँडेतार९फोर्टिफिकेसन० अगाडि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिँह भण्डारी, तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लाल र महामन्त्रीहरु सर्वेन्द्रनाथ शुक्ल र जीतेन्द्र सोनल, , मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेताहरु अग्रपंक्तिमा देखिएका छन् ।घेराउमा आन्दोलनरत पार्टीका महिला नेतृहरु पनि अग्रपंक्तिमा देखिएका छन् । महिला नेतृहरुमा सांसद शैलकुमारी महतो, सदभावनाकी राधा कायस्थ, तमसपाकी रानी शर्मा तिवारीलगायतका छन् ।अकोतर्फ सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा माइतीघर मण्डलातर्फबाट सिँहदरबार प्रवेशलाई निषिद्ध गरिएको छ । माइतीघर मण्डलामा फोरमका अतिरिक्त आदिबासीजनजातिसम्बद्ध नेता तथा कार्यकर्ताहरु छन् । स्रोतःसञ्चारक
No comments:
Post a Comment