काठमाडौं, जेठ १२ । अविवाहित मन्त्रीलाई प्रमुख अतिथि बनाई आफू प्रायोजक रहेको संस्थाबाट आफैं सम्मानित हुने ३ वटी घोषित श्रीमतीका श्रीमान् मन्त्रीकै सामू श्रीमतीबाट कुटिएका छन् ।
गत शनिबार राष्ट्रिय नाचघरमा राष्ट्रिय लोक सांस्कृतिक संघको ब्यानरमा सफलता हाउजिङ एन्ड इन्भेष्मेन्ट प्रालि, प्रोपाइटर गोन्दिबहादुर खड्काको प्रायोजनमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि मन्त्रिमण्डलकै एक मात्र अविवाहित सदस्य सूचना तथा संचारमन्त्री शेरधन राई थिए ।
स्रष्टा सम्मान भने पनि २ लाख रुपैयाँ लगानी गरेको जग्गा व्यवसायी गोविन्दलाई सम्मान गर्नु मुख्य उद्देश्य थियो । गोविन्दले झुक्याएर तेस्री श्रीमती बनाएकी सीता केसी संघको संस्थापक सदस्य हुन् । उनी पनि कार्यक्रममा उपस्थित थिइन् । आजको जनआस्था साप्ताहिकमा खबर छ
No comments:
Post a Comment