काठमाडौं, जेष्ठ १३ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको चक्काजामका कारण बिहीबार उपत्यकामा भाडाका कुनै पनि सवारीसाधन सञ्चालनमा आएका छैनन्।
भाडाका सवारीसाधन नचल्दा लामो तथा छोटो दूरीको यात्राका लागि निस्किएका यात्रु अलपत्र परेका छन्।
निजी सवारीका साधन चलेपनि सार्वजनिक सवारी साधन नचल्दा चर्को घाममा आफ्नो सामान बोकेर हिँड्दै गन्तव्यसम्म पुग्न यात्रु बाध्य छन्।
गत जेठ एक गतेदेखि लागू हुनेगरी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कम्तीमा पाँचसय रुपैयाँदेखि एकहजार पाँच सय रुपैयाँ सम्म जरिवाना तिराउने नयाँ नियम लागू गरेपछि त्यसको विरोधमा व्यवसायीले चक्काजाम गरेका हुन्।
गृह मन्त्रालयले चक्काजाम गरेर सार्वजनिक सवारी नचलाउनेलाई कारबाही गर्ने चेतावनी दिएपनि निर्धारित कार्यतालिका अनुसारको चक्काजाम जारी रहेको र साँझ पाँच बजेपछि चक्काजाम सकिने महासंघले जनाएको छ।
No comments:
Post a Comment