/ , , , , / इलाममा पहिलोपटक दूध दुहुने मेसिन

इलाममा पहिलोपटक दूध दुहुने मेसिन

इलाम, १३ जेठ । सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स
गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ ।
पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो ।
सूर्योदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आउनुभएका विष्णुकुमार रेग्मी, अरुण रेग्मी र याम रेग्मीले पोखराबाट मेसिन खरिद गरेका हुन् ।
इटालीमा बनिएको सो मेसिन रु एक लाख ८० हजारमा खरिद गरिएको फार्म सञ्चालक विष्णुकुमार रेग्मीले बताए ।
विद्युत्बाट सञ्चालन हुने सो स्वचालित मेसिनबाट सहजै दूध दुहुन सकिन्छ । विद्युत् नभएको बेलामा पनि मेसिनमै जडित जेनेरेटरबाट सञ्चालन हुन्छ ।
सो जेनेरेटर पेट्रोलबाट सञ्चालन हुन्छ । डबल बकेट सिस्टम भएको उक्त मेसिनले १० मिनेटमा सिङ्गल बकेटमा १५ लिटरका दरले डबल बकेटमा ३० लिटर दूध दुहुन्छ ।
मिल्किङ मेसिन प्रयोगसँगै समय र श्रमसमेत कम लाग्ने रेग्मी बताए । सरकारी अनुदानमा मेसिन पाउँदा गाई फार्म सञ्चालक उत्साहित बनेका छन् । विगत तीन वर्षदेखि रेग्मीबन्धुले गाई फार्म सञ्चालन गरिरहेका छन् ।
करिब ९० रोपनी जग्गा वार्षिक दुई लाख रूपैयाँ भाडा तिरेर रेग्मीबन्धुले २४ वटा होलिस्टिन जातका गाई पालेका छन् । ती गाईबाट दैनिक १५० लिटरसम्म दूध उत्पादन हुने गरेको फार्म सञ्चालक अरुणल बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment