काठमाडौं, १२ जेठ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज बालाजुको बाइपासमा आन्दोलन गर्ने भएको छ । बालाजुबाट ३ बजे जुलुस निस्किएर ४ बजे बाइपासमा पुग्ने र त्यहाँ नेताहरुलेसम्बोधन गर्ने तयारी छ । हिजो प्रधानमन्त्रीले आह्वान गर्नुभएको सर्वदलीय बैठक र प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाए पनि नगएका गठबन्धन आवद्ध नेताहरुले आज त्यसैका बारेमा कार्यकर्ताहरुलाई सम्बोधनमार्फत कारण बताउने तयारी गरेका छन् । सरकार र सत्तापक्ष दलले भने टुटेकै विन्दुबाट सहमति खोज्ने निर्णय हिजोको सर्वदलीय बैठकबाट गरेका छन् ।
No comments:
Post a Comment