मुकेश यादब सिरहा,१२ बैशाख ।आन्दोलनकै बलको संविधान पुनरलेखन हुने संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्रयादवले बताउनु भएको छ । सिरहाको गोलबजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले सरकारलाई समस्या समाधानको लागि समय दिएको भएपनि वेवास्ता गरेको भन्दै अव आन्दोलनबाटै छिनोफानो हुने जिकिर गर्नुभएको हो ।
आफूहरु अझैपनि शान्तिपूण आन्दोलनकै पक्षमा रहेको भन्दै राज्यले बन्दुकले दवाउने कोशिस गरे उसको नामोनिसान मेटिने जिकिर गर्नुभयो । ‘संसारभरी शान्तिपूण आन्दोलन बन्दुकको बलका समाप्त भएको छैन, नेपालमा पनि नवौं आश्चर्य हुँदैन’ यादवले भन्नुभयो ।
देशको दुई तिहाई जनतालाई पन्छाएर बनाएको संविधान मान्य नहुने यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुनियाँले संविधानले मधेसी जनतालाई समेट्न नसकेको भनिसकेकाछ, त्यसैलेपनि यो संविधानको पुनरलेखनको विकल्प छैन ।’ संविधान पुनर लेखन गर्न तराई, पहाड, हिमालका स्वशित पीडित जनता एक जुट हुनुपर्ने यादवको जिकिर रहेको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री सत्रुधन प्रसाद सिंह कोईरी, जिल्ला अध्यक्ष रामचलित्तर साह सहित ५ दर्जन बढीले संघिय समाजवादी फोरम प्रवेश गरेका छन् ।
प्रवेश कार्यक्रममा कोषध्यक्ष विजय यादव, केन्द्रीय सदस्य तथा पूर्व विनाविभागीय मन्त्री राजलाल यादवले सम्वोधन गर्नुभएको थियो ।
No comments:
Post a Comment