/ , , , , , / चैते धानको विउ उत्पादनगर्न सामूहिक धान रोपाइँ

चैते धानको विउ उत्पादनगर्न सामूहिक धान रोपाइँ

सिरहा, वैशाख ९   लहान–१३ का किसानहरुले बिजवृद्धिको लागि एक विगहा ५ कठ्ठा जमिनमा सामूहिक रुपमा चैते धान रोपेका छन् । सरस्वती कृषक समूहको अगुवाईमा जमिन भाडामा लिएर विउ उत्पादनकोलागि चैते धानखेति गरिएको हो ।
चैत्र–बैशाखको टन्टलापुर घाममा पनि दमकलले पानी सिंचाई गरी ठूलो चुनौति मोलेको समूहका अध्यक्ष ६५ वर्षिय सबुरलाल चौधरीले बताए । गाउँघरमा विस्तारै सामूहकभावनामा कमि आउन थालेकाले त्यसलाई बचाईराख्न सामूहिक खेती गरिएको अध्यक्ष चौधरीले बताए ।
  उमेरले बुढो भएपनि समूहका अगुवा चौधरीले देखाएको जागरले नै समूह सक्रिय भएको समूहका सदस्य रामकुमारी चौधरीले सुनाए । उनले भने, ‘हामी सवैले आ–आफ्नो खेतीपाती गरिरहेकै छौं, समूदायको लागि पनि केही गर्नुपर्छ भन्ने अध्यक्षको आग्रहमा नै हामी सवैजना तातिएका हौं ।’
खेती लागाउन समूहका सवै सदस्यहरुले जनही ५÷५ सय रुपैयाँका दरले जम्मा गरेका छन् । त्यही रकमले मल खाद, जोत्ने खर्च र पानी पटाउन आवश्यक पर्ने इन्धन खरिद गरिएको  समूहका कोषाध्यक्ष दुखि रामले बताए । खेती लगाउन पर्ने आवश्यक श्रम समूहका सवै सदस्यले निःशुल्क रुपमा गरेका छन् । 
समूका अध्यक्ष चौधरीले आफूहरुले विज वृद्धिको लागि सामूहिक रुपमा खेती गरेकाले यसमा सवै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेको रोपाइँको उद्घाटन कार्यक्रमा बताए । उनले भने ‘हामीले सवैको सहयोग अपेक्षाले नै हामीले चुनौती मोलेर खेती गरेका हौं, यसमा सवैले हेर विचार गर्ने विश्वास गरका छौं ।’ 
सिरहामा नियमित रुपमा चैतेधान गरिदैंआएको भएपनि सामूहिक रुपमा पहिलोपटक विजवृद्धिको लागि चैतेधानखेती गरिएको कृषि सेवा केन्द्र लहानका प्रमुख सूर्यनारायण यादवले बताए । उनले  एउटै परिवरमा मिल्न नसक्ने वेलामा किसानहरुले सामुहिकरुपमा विउ उत्पादनको लाग खेति गरेको हुँदा सेवाकेन्द्रको तर्फबाट सकेको सहयोग गर्ने बताए । प्रमुख यादवले धानमा लाग्ने सवैरोगको उपचारका लागि पर्ने विसादी निःशुल्क दिने प्रतिबद्धता जनाए । 
राष्ट्रिय कृषक समूह माहासंघ, सिरहाको समन्वयमा सरस्वती कृषक समूह, लहान १३, गणेशपुरका किसानहरुले सामूहिक खेती गरेका हुन । धान रोमाई उद्घाटनका क्रममा महांघका जिल्ला अध्यक्ष मुक्ति नारायण यादव, परियोजना संयोजक दिलिप साहले किसानहरुको सामूहिक कार्यको सरहाना गरे । उनीहरुले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताए । धानरोपाई उद्घाटन कार्यक्रमको सहजीकरण महांघका स्थानीय श्रोत व्यक्ति गंगा कुमारीले गरेका थिए । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment