जनकपुरधाम १४ बैशाख । जनकपुरधामका व्यापारी तथा सञ्चार उद्यमी अरुण सिंघानियाँको हत्याका आरोपित मध्येका तीन जना धेरौटीमा रिहा भएका छन् ।मंगलबार जिल्ला अदालत धनुषाले तीन जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ भने दुई जनालाई हिरासतमा राख्न आदेश दिएको छ ।न्यायाधिश राजेन्द्र आर्यायको एकल इजलासले सिंघानिया हत्याका योजनाकारको आरोप लागेका ओम यादवलाई ५० हजार धरौटीमा रिहा गरेएको छ भने जिम्मेबारी लिने मुकेश चौधरीलाई २० रुपैयाँ र रामकरणलाई २० हजार धरौटीमा रिहा गरेको छ । चौधरी जनकपुर बंम काण्डका कारण हिरासत मै रहनेछ ।त्यस्तै चनरदिप यादव र योगेन्द्र सहनीलाई हिरासतमा राख्ने आदेश अदालतले दिएको छ ।आरोपितहरुको बयान सकिएपछि विहीबारबाट जिल्ला अदालत धनुषामा बसह सुरु भएको थियो । सोमबार बहस सकिए पछि मंगलबार अदालतले उक्त आदेश दिएको हो ।
No comments:
Post a Comment