फागुन, ३० सिरहा । सिरहा जिल्ला विकास समितिको २३औं परिषद्को उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज सिरहा आउँदैछ ।
नयाँ संविधान जारी र ६ महिना चलेको मधेस आन्दोलनको स्थगनको एक महिना पछि एमाओवादी अध्यक्ष दाहाल सिरहा आउन लागेको हो । सिरहा क्षेत्र नम्बर ५ का प्रत्यक्ष निर्वाचित साँसद समेत रहेका अध्यक्ष दाहाललाई २३औं जिल्ला परिषद्को प्रमुख अतिथि बनाईएको स्थानीय विकास अधिकारी टुबराज पोख्रेलले बताए ।
।संविधान जारीपछि तराई मधेसका जिल्लामा पुग्न नसकेका अध्यक्ष दाहाल सदमुकाम सिरहामा हुने जिल्ला परिषद्लाई उद्घाटन गर्नेछ । संविधानको सुझाव संकलन क्रममा सिरहाको मिर्चैयामा ढुगामुढा भएपछि पहिलो पटक उनी सिरहा आउन लागेको हो ।
मधेसवादी दलले विरोध गर्ने
सिरहा नगरपालिकाको १७औं नगरपरिषद्मा दुई सांसदलाई अतिथि बनाउन समेत रोक लगाउन सफल भएका सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माओवादी अध्यक्ष प्रचण्डको कार्यक्रममा कडा विरोध गर्ने तयारी गरेको छ ।
मधेस विरोध संविधान जारी गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै मोर्चाका जिल्ला स्तरीय र नगर स्तरीय कार्यकर्ताहरुले विरोधको तयारीमा जुटेका छन् । उनीहरुले जिल्ला परिषद् स्थलमा नाराबाजी, कालोझण्डा देखाउने तयारी गरेको स्रोतले बताएको छ ।
सुरक्षा कडा पारिए
मोर्चाले विरोध गर्ने भन्दै स्थानीय प्रशासनले जिल्ला परिषद् स्थलमा सुरक्षाकर्मीको संख्या वढाएको छ । लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्ने अधिकार भएपनि कुनै अप्रिय घटना नहोस भन्दै सुरक्षा कडा पारिएको प्रहरी उपरीक्षक श्याम ज्ञावालीले बताए । जिल्ला सुरक्षा समिति वैठक जिल्ला प्रशासन कार्यालयमा बसेको थियो । कार्यक्रममा शान्तिपूर्ण विरोध गर्न दिने तर कुनै प्रकारको अमर्यादित र शान्ति सुरक्षामा असर पुर्याउने प्रर्दशन गर्न नदिने सुरक्षा समितिको निष्कर्श रहेको छ ।

No comments:
Post a Comment