सिरहा, फागुन २८– गोलबजार नगरपालिकाको दोश्रो नगर परिषद्ले आर्थिक वर्ष २०७३÷०७४ को लागि करिब आठ करोड रुपैयाँको बजेट प्रस्तावित गरेको छ ।
गोलबजार नगरपालिकाका कार्यकारी अधिकृत राजकुमार दासले आ.व. ०७३÷७४ का लागि परिषद्मा प्रस्तुत गर्नु भएको बजेट तथा कार्यक्रममा नगरपालिकाको आयतर्फ आन्तरिकमा एक करोड ९ लाख ७५ हजार र बाह्यतर्फ ६ करोड ६३ लाख एक हजार गरी ७ करोड ७२ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, व्ययतर्फ चालु खर्चमा १ करोड २८ लाख ४५ हजार र पूँजीगततर्फ ६ करोड ४४ लाख ४५ हजार गरी ७ करोड ७२ लाख ७६ हजारको खर्च प्रस्ताव गरिएको छ ।
परिषद्ले चालु आ.व.मा आन्तरिक र बाह्यतर्फ ६ करोड ४५ लाख आय प्रस्ताव गरिएकोमध्ये कार्यालय संचालमा बाधा भएको कारण ६ करोड १४ लाख २६ हजार १ सय ३ रुपैयाँ संसोधन प्रस्ताव गरिएको छ । त्यसैगरी, व्ययतर्फ चालतर्फ ६ करोड १४ लाख २६ हजार उक सय ३ रुपैयाँ संसोधन प्रस्ताव गरिएको जनाएको छ ।
जिल्ला विकास समिति सिरहाका प्रमुख स्थानीय विकास अधिकारी टुवराज पोखरेलको प्रमुख आतिथ्यमा परिषद्मा साम्सद धानोदेवी महरा, पूर्व शान्ति तथा पुनर निर्माण मन्त्री तथा एनेकपा माओवादीका पोलिटव्यूरो सदस्य विश्वनाथ साह, नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ लागाएको उपस्थिति रहेको थियो ।
नगरका विभिन्न वार्डबाट सहभागी वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र र राजनीतिक दलका प्रतिनिधिहरुले नगरको विभिन्न वार्डको समावेशी विकास हुनु पर्ने माग गरेका थिए । दलित र बिपन्न बस्तीमा सडक, बिजुली, सुलभ शौचालय र खानेपानीका लागि नगरपालिकाले योजना बनाउनु पर्ने सहभागीहरुले माग गरेका थिए ।
No comments:
Post a Comment