प्रचण्डलाई विरोध गर्दा पक्राउ परेका पूर्वमन्त्रीसहित मोर्चाका कार्यकर्ताहरु रिहा
सिरहा, ३० फागुन । सिरहा सदरमुकामस्थित २३ औं जिल्ला परिषदको उद्घाटन गर्न आएका एमाओवादी अध्यक्ष प्रचण्डको विरोध गर्ने क्रममा पक्राउ परेका मोर्चाका नेता तथा पूर्व विनाविभागिय मन्त्री राजलाल यादबसहितका ६ कार्यकर्तालाई प्रहरीले रिहा गरेका छन् ।परिषद्को कार्यक्रम सम्पन्न भएर अध्यक्ष प्रचण्ड गइसकेपछि उनीहरुलाई प्रहरीले रिहा गरेका हुन् । प्रचण्डमाथि कुर्सी प्रहार गर्न खोज्दा संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव प्रयाग यादब, नेताहरु नविन यादब, कप्लेश्वर यादब लगायतलाई केहिबेर अघि रिहा गरेको हो ।अध्यक्ष प्रचण्ड मधेस विरोधी भएको भन्दै कार्यक्रममा मोर्चाका नेता तथा कार्यकर्ताहरु विरोध गरेका थिए । विरोधका कारण केहिबेर कार्यक्रम स्थगित भएको थियो । विरोध गरिरहेका मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेर लगेपछि फेरी कार्यक्रम सुरु भएको थियो ।सिरहा क्षेत्र नम्बर ५ बाट निर्वा्चित सभासद समेत रहेका अध्यक्ष प्रचण्ड संविधा जारी हुनुभन्दा अगाडी सुझाव संकलनका लागि मिर्चैया आउँदा पनि व्यापक विरोध भएको थियो । त्यसपछि आज पहिलोपटक मात्र सिरहा आए । तर आज पनि व्यापक विरोध भएपछि उनी आफै काठमाडौं तर्फ लागेका छन् ।
No comments:
Post a Comment