/ , / मधेशप्रति मिडियामा विभेद अन्त्य हुनुपर्ने माग

मधेशप्रति मिडियामा विभेद अन्त्य हुनुपर्ने माग

लहान, १५ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले जारी संविधानमा संशोधन गरेर भएपनि मधेश र थारुको माग सम्बोधन गर्नुपर्छ भन्दै देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेकोको बताउंनुभयो । 
नेपाल पत्रकार महासंघ शाखा सिरहाको आठौं साधारणसभामा आज लहानमा अध्यक्ष विष्टले सो कुरा बताउंदै मधेश आन्दोलनमा भएको घटनावारे मिशन  गठन गरेर अनुगमन गरियो । ठाउं ठाउंमा पत्रकारितावारे अन्तरक्रिया गरियो हामी विभेद हुन नदिने पक्ष रहेको उहांले बताउंनुभयो ।

अध्यक्ष विष्टले पत्रकारहरुको लागि दुर्घटना विमा, आमसंचार प्रतिष्ठान, संघीय अनुरुपको विशेष संरचना बनाउंदै संचारक्षेत्रलाई सशक्त रुपमा अगाडि बढाउंने बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका सभापति देवकुमार यादवका सभाध्यक्षतामा भएको सो कार्यक्रममा  पूर्वाञ्चल संयोजक गणेश पोखरेल र केन्द्रीय सदस्य गणेश लम्सालले पत्रकार आचार संहीता र श्रमजिवी ऐन कार्यन्वयन गर्न गराउंन सशक्त रुपमा अगाडि बढिरहेको बताउंनुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment