चरेस मुद्दाका फरार अभियुक्त पक्राउ
نشرت بواسطة:Domain Registration Nepal
January 20, 2016
في
Apradh Khabar,
Breaking,
National
لاتوجد تعليقات
सिरहा, ६ माघ । चरेस मुद्दामा अदालतबाट कैद गरिएका फरार अभियुक्तलाई आज एक जनालाई ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गर्न सफल भएको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष निरौलाका अनुसार लालपुर ३ का रामगुलाम अमातलाई २०६८ असार २६ गते सिरहा जिल्ला अदालतले चरेस ओसारपसार गरेको आरोपमा ६ महिना २९ दिन कैद र ५ हजार जरिवाना गरिएको थियो । पक्राउ परेका अमात करिब ४ बर्षदेखि फरार भई कहिलेकाही आफ्नो घरमा आउंने गरेकोले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको इन्स्पेक्टर निरौलाले बताए । अभियुक्त फरारलाई पक्राउ गर्ने अभियान अन्तर्गत करिब दूई सत्तामा गोलाबजारक्षेत्रबाट आधा दर्जनलाई पक्राउ गर्न सफल भएको छ ।
No comments:
Post a Comment