/ , , , / वार्ताको औचित्य रहेन्, अब वार की पार कै लडाई : महतो

वार्ताको औचित्य रहेन्, अब वार की पार कै लडाई : महतो


लहान,६ माघ । मधेशको माग पूरा गर्नकै लागि प्रधानमन्त्री केपी ओलीले मलाई दिल्लीमा फोन गरेको थियो । तर, धोखेवाज उटपटागं ओलीले पूरानै कथा दोहोराउंन थालेको कारण आन्दोलन नरोकिने आज बलिदानीसभालाई लहानमा सम्बोधन गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सो कुरा बताउंनुभयो । 

उहां महतोले जनसंख्याको आधारमा आधा मधेशी सेना हुनुपर्ने भन्दै मेचीदेखि महाकालीसम्म दूई प्रदेश हुनुपर्ने कुरा गर्दा प्रधानमन्त्री ओलीले वहाना झिकेर मधेशीको मागप्रति उदासिनता देखाएको बताउंनुभयो ।
झापा, सुनसरी, मोरगं, कंचनपुर, कैलालीमा ५० बर्ष अघि ६ प्रतिशत पहाडिया थियो । अहिले पहाडबाट झरेर मधेशमा बसेका पहाडियालाई मधेशी प्रदेशमा बस्न इच्छा लाग्दैन भनी फिर्ता हुन् भन्दै मधेश मधेशीलाई नै चाहियो अध्यक्ष महतोले बताउंनुभयो ।
महतोले प्रधानमन्त्री ओली, कांग्रेसका सभापति सुशिल कोइराला र एमाओवादीका अध्यक्ष प्रचण्डलाई भेट्दा सबैंको एउटै प्रवचन रहेको थियो । यिनीहरु सबै जातीवादी आधारमा कुरा गरिरहेकोले वार्ताको औचित्य नरहेको भन्दै अवको आन्दोलन ‘वार की पार’ कै हुने बताउंनुभयो ।
सरकारको रवैया यस्तै रहियो भने स्वायत्त मधेश प्रदेश होइन् स्वतन्त्र मधेशको माग अघि बढ्ने भन्दै यो पांच महिनाको आन्दोलन होइन् पांच बर्षसम्म मधेशी आन्दोलित रहने र लाखौंले बलिदानी दिन तयार रहेको अध्यक्ष महतोले बताउंनुभयो ।
विराटनगर जोगवनी नाकामा मलाई मार्ने षड्यन्त्र नै गरेको थियो । तर मधेशी आन्दोलनकारीले मलाई बचाउंन सफल भएको हो यसैले पनि म जस्तो जिउंदो सहिदले सहिदको सपना सकार गर्न ज्यानको आहुत्ती दिन अलिकति पनि पछाडि नहट्ने उहां महतोले बताउंनुभयो ।
संविधान घोषणा गर्ने बेला तीनै पार्टीका नेता दलगत स्वार्थबाट माथि उठेर एकमत भए जस्तै अहिले मधेशको समस्या समाधान गर्न तीनै पार्टीले एउटै साझा विचार बनाउनुपर्ने भन्दै  ’संविधान घोषणा गर्ने बेला म काँग्रेस उ माओवादी भन्ने थिएन । आज समस्या समाधानको लागि काँग्रेसले एमालेलाई र एमालेले माओवादीलाई दोष लगाएर हुन्न’ ’तीन दलका अध्यक्ष चाहेमा सीमांकनको विषय पनि तीन दिनमा मिल्छ । तीन महिना नै कुरिरहनु पर्दैन ।’ उहां महतोले बताउंनुभयो ।
सोही कार्यक्रममा तमलोपाका महासचिव जितेन्द्र सोनलले हिन्दुको छठ् र मुस्लिमको इद पर्व महत्वपूर्ण भए जस्तै सम्पूर्ण मधेशीको आन्दोलन पर्व नै माघ महिना रहदै आएकोले लहानको बलिदानी दिवस संसारकै महत्वपूर्ण पर्व हो बताउंनुभयो ।
कमल थापासंग एमाओवादीको छुवाछुत ठानिएको थियो । तर, जातीय—बाहुनवादीहरुको नश्लपनले एकतृत्र भएर सरकारमा छन् । त्यसैगरी, कालो अनुहार भएकाहरुको कुनै जात हुदैन् सबैको एउटै मधेशी जात भएकोले अब एक हुने समय आएको छ उहां सोनलले बताउंनुभयो ।
सोनलले पहिचान र स्वायत्त मधेश माग गर्दा नदिएपछि अब स्वतन्त्र मधेशको लागि नै आन्दोलन गर्नुपर्ने र यसको लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई छाता मोर्चा बनाएर महागठबन्ध बनाउंन जोड दिनुभयो ।
कार्यक्रममा तमसपाका केन्द्रीय सदस्य डा।महादेव साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य राजलाल यादव, सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतो, लोकतान्त्रिक फोरम परित्यागी तथा पूर्व राज्यमन्त्री शत्रुधन सिंह, एमाले परित्यागी सत्यनारायण यादव, युवा नेता विजय यादव, दिपेश यादवलगायतले मन्तव्य राखेका थिए । त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र महतोलाई धनुषाबाट ल्याउंनको लागि युवा मंचका सिरहा अध्यक्ष विरेन्द्र यादव विरु, सचिव गोपाल गुप्तालगायत सयौं कार्यकर्ता नेता पुगेका थिए । कार्यक्रममा थारु नाच समेत प्रदर्शन गरिएको थियो भने दिउंसो बलिदानी दिवसकै अवसरमा अस्पतालमा विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा अध्यक्ष महतोका भाषण सुन १० हजारभन्दा बढी सहभागीले राती ७ बजेसम्म लहानको पशुपति उच्च माविको फिल्ड छोड्न मानेका थिएनन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment