लहान, ६ माघ । सद्भावना पार्टीका सहमहासचिव तथा विदेश विभाग प्रमुख देवेन्द्र यादवले मधेशमा अब कुनै जात धर्मबाट विभेद राख्नु हुंदैन् । सबैको एउटै जात धर्म मधेशी पहिचानले एकता भए यो आन्दोलनले नै सबै अधिकार सुनिश्चित गर्ने बताउंनुभयो
सद्भावना पार्टीले सिरहाको माडरमा आज आयोजना गरिएको विरोधसभामा उहां यादवले भने मधेशमा यादव, साह, दलित,मुस्लिम, थारुलगायत उत्पीडित वर्गको एउटै जात मधेशी रहेकोले विभेदको अन्त्य पहिले आफैबाट गर्नुपर्ने भन्दै खसबह्मानहरुले अहिले एउटै जातमा रहेर मधेश र मधेशीमाथी शासन गरिरहेको चैत्य सुझाउंदै मधेशीहरुको एउटै जात रहेको बताउंनुभयो ।सहमहासचिव यादवले खसबह्मानवादीहरु चारैतीरबाट घेरामा परिसकेका छन् भन्दै मधेश आन्दोलनमा व्यापक दमन गरियो । तैपनि मधेशीलाई अधिकार नदिएको कारण जेनेभामा यसको प्रकाष्टा गरेर म संसारलाई दमनकारी सरकारको नांगोझार गर्दा सयौं देशले नेपाल सरकारको विरोधमा उत्रिएको अवस्था रहेको यादवले बताउंनुभयो ।
कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सल्लाहकार तथा मधेश मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले मधेशीप्रति संघीय सिमाकंन,भाषा, संस्कृति, शिक्षा, स्वास्थ्य, मिडियालगायत संविधान निर्माणमा नेपाल सरकारले व्यापक उपेक्षा गर्दै आएकोले आन्दोलन नरोकिने बताउंनुभयो । यसैगरी, कार्यक्रममा सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतो, शोभा झा, युवा मंच सिरहाका अध्यक्ष विरेन्द्र यादव विरु, कलाकर्मी ललिता दासलगायतले मधेश आन्दोलनवारे विचार राख्नुभएका थिए । सो कार्यक्रममा सभाध्यक्षता राजलाल महतोले गर्नुभएका थिए ।
No comments:
Post a Comment