/ , , , / सिरहा प्रहरीद्धारा अवैध काठ वरामद

सिरहा प्रहरीद्धारा अवैध काठ वरामद

राम नारायण पंडित, सिरहा, १६ माघ ।  सिरहा प्रहरीले अवैध काठ बरामद गरेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा आज (शनिबार) खटिएको प्रहरीको गस्ती टोलीले अबैध काठ बरामद गरेका छन् । बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको गस्ति टोलीले गोलबजार नगरपालिका १० घुर्मिघाटबाट अन्दाजी १० क्युविफिट सखुवा जातको चिरान काठ बरामद गरिएको छ । बेबारीसे अवस्थामा रहेको काठ फेला पारि अनुसन्धान कार्य भईरहेको गोलबजार प्रहरीले बताए । बरामद गरिएको काठको बजार मुल्य ५० हजार रहेको अनुमान गरिएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment