काठमाडौं, १६ माघ । मधेशमा आन्दोलनरत् मधेशी दलहरु छुट्टाछुट्टै मोर्चा र गठबन्धन बनाएर आन्दोलन गरिरहेकोले अहिलेसम्म राज्यले बेवास्ता गरेको निष्कर्ष निकाल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनबीच कार्यगत एकता हुने भएको छ । मोर्चा र गठबन्धनबीच कार्यगत एकता गरेर आन्दोलन सशक्त बनाउने जनाइएको छ ।गठबन्धनका नेताहरु शनिबार मोर्चाका संयोजक तथा तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग कार्यगत एकता वा महागठबन्धन निर्माणका लागि प्रस्ताव राखेका थिए । गठबन्धनको प्रस्ताव सकारात्मक रहेकोले मोर्चाभित्र छलफल गर्ने ठाकुरको भनाइ उदृत गर्दै गठबन्धनका नेता केशव झाले भने, ‘ठाकुरजीले यो प्रस्ताव सकारात्मक रहेकोले मोर्चामा छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ठाकुरले मधेश आन्दोलनलाई निर्णायक बनाउने कार्यगत एकताको विकल्प नरहेको कुरा स्वीकारेका थिए । गठबन्धनको तर्फबाट राजकिशोर यादव, केशव झा, सुनिल रोहित र देवेश झा र तमलोपाको तर्फबाट ठाकुर, हृदयेश त्रिपाठी, बृषेश चन्द्र लाल र गोविन्द चौधरी बैठकमा सहभागी थिए । स्रोतः मधेशबाणी
No comments:
Post a Comment