वीरगन्ज, ६ पुस । लामो समय देखि मधेश आन्दोलन उत्कर्षमा आई सरकारसंग वार्ता भइरहेको बेला नेपाल प्रहरीले मधेश अन्दोलनलाई सखाप पार्ने उदेश्यले सरकारको निर्देशनमा सदा पोशाक लगाई आन्दोलनमा प्रहरी माथि नै ढुङगा मुढा गराईरहेकोप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साको गम्भिर धयानकर्षण भएको छ । यस्तो मधेशी, थारु, मुस्लिम, आदिवासी, दलित, महिला लगायत राज्यद्वारा पछाडि पारिएका सम्पूर्ण मधेशी जनताको अधिकारका लागि भइरहेको आन्दोलनलाई बदनाम गराउने प्रयास भइरहेको मोर्चाको ठहर छ ।प्रशासनले आन्दोलनमा अनैतिक गतिविधि गराई सादा पोशाकको प्रहरी लगाई बदनाम गराउने कोशिष गरिरहेको प्रमाणित भएको मोर्चाको आरोप छ ।
यसको पछिल्लो उदाहरणका रुपमा आइतबार साझ सवा ५ बजे सशस्त्र प्रहरीमाथि ढुङगामुढा गरिरहेका सादा पोसाकका ७ जना प्रहरीले २ जना प्रदर्शनकारीलाई प्रहरी समक्ष बुझाउन ल्याउँदा सशस्त्र प्रहरीले ति सातै जनाले प्रहरीमाथि ढुङगामुढा गरेको भनेर निर्मम तरिकाले कुटपिट गर्नुको साथै एक जना सादा पोसाक प्रहरीको नाक समेत फुटाई दिएको अवस्था रहेको थियो । यसरी प्रशासनले प्रहरी खटाएर आन्दोलन विथोल्ने काम गर्नु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गम्भिर आपति प्रकट गरेको छ । प्रहरीले रौतहटको गौरमा ताकेर सेख तबरेजलाई गोलि हानेको प्रति मोर्चा घोर भत्र्सना गरेको छ । एक तर्फ वार्ताको नाटक गर्ने अर्को तर्फ मान्छे मार्ने काम सरकारको डिजाईनमा आन्दोलन तुहाउने काम भइरहेको मोर्चाले प्रेस विज्ञप्ति जारी गरी आरोप लगाएको छ ।
No comments:
Post a Comment