
गठबन्ध पर्साका संयोजक सरीफ अहम्दको अध्यक्षतामा सम्पन्न सो सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि जारी मधेश आन्दोलनको चार महिना बितिसक्दा पनि वर्तमान सरकार आन्दोलनको सम्बोधन गर्नुको साट्टो उल्टै सरकार प्रमुख केपी ओलीले मधेशमा जारी आन्दोलन जनावरहरुले गरेको भनी दिएको अभिव्यक्ति वहाँको मानसिक असन्तुलन भएको ठहर गर्दै अब यो आन्दोलन अझ मधेसीहरुको लागि अस्मिताको लडाइ भएकोले दुख कष्ट भएता पनि आन्दोलनमा उत्साहका साथ सहभागि हुन आम मधेशी जन समुदायसँग आग्रह गरे ।
सभामा महिला नेतृ पुर्व मन्त्री करिमा वेगम, गठबन्धन संग आवद्ध मुनी श्रीवास्तव रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल,नेसपा पर्साका अध्यक्ष मनोज कर्ण,प्रवक्ता सुजित त्रिपाठी,तमरा अभियान पर्साका धन्जीव मिश्रा, ,संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव,सल्लाहकार ओमप्रकास सर्राफ लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सहजीकरण उमेशलाल सहनीले गरेका थिए ।
No comments:
Post a Comment