मुकेश यादब , सिरहा, ६ पौष ।
पौष २७ गते समग्र संदेशमा प्रकाशित भएको चिसोका कारण तराइका जनजिबन कष्टकर बन्दै भन्ने शिर्षकको समाचारबाट सिरहामा स्थानिय प्रशासणले पहिलो पटक अग्रिम सर्तकता अपनाएको छ । करिब दुई सतादेखि बढेको अत्यधिक चिसो र सितलहरबाट बाँच्नका लागि जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा कम्बल वितरण गर्ने तैयारी गरिएको छ । सिरहाको जिविस भवनमा बसेको बैठकले जिल्लाका अति गरिब परिवार, असहाय, दलित र बृद्धबृद्धालाई मध्यनजर गर्दै सितलहरबाट बाँचनका लागि कमबल वितरण र सिरहा सदरमुकाम सिरहा सहित जिल्लाका छ वटै नगरपालिका र सम्पुर्ण गाविसहरुमा कमबल र आगो ताप्नका लागि दाउरा वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले निर्देशन दिएको छ । जाडोका कारण आर्थिक अवस्था कमजोर भएका परिवारहरुले चिसोका कारण ज्यान समेत गुमाउनु परेको अवस्था जिल्लामा सृजना हुन नदिनका लागि सबै नगरपालिका र जिविसलाई कमबल वितरण गर्ने कार्यमा सहयोग गर्न र लक्षित परिवारलाई मात्र वितरण गर्न निर्देशण दिएको विकले थपे । सिरहा सहित जिल्लाभरका सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने र कपडाका कारण शितलहरका सिकार हुन सक्ने परिवारहरुलाई आर्थिक अवस्था हेरी कमबल वितरण गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादवले जानकारी दिए । उक्त समाचारमा केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु लाग्न थालेका कारण तराइ को जनजीवन प्रभावित बन्दै गएको छ । जिल्ला अस्पताल सिरहा मा चिसोका कारण बिरामीको संख्या बाक्लिन थालेको जिल्ला अस्पताल सिरहाले जनाएको छ जिल्ला अस्पताल मा दैनिक ४० देखि ५० जना बिरामी उपचारको लागि आउने गरेको जिल्ला अस्पताल सिराहाका मेडिकल सुप्रिटेन्डेन्ट डा दयाशाकर लाल कर्णले बताए । अस्पतालमा दम, निमोनिया, कोल्ड डेरीया झाडापखालाका बिरामीको संख्या बढिरहेको जिल्ला अस्पताल सिरहाले जनाएको छ । विशेष गरी साना नानीहरू चिसोका कारण धेरै विरामी हुने गरेको छ । मंसिर महिनाको अन्तिम साता लागेयता तराईमा चिसो बढ्न थालेको हो । राति र विहान बाक्लो कुहिरो लाग्ने र तुसारो झर्ने कारण अत्यधिक चिसो भईरहेको छ । अत्यधिक चिसोका कारण सर्वसाधारण विशेष कामवाहेक वाहिर कमैमात्रामा निस्कने गरेको छ ।
No comments:
Post a Comment