मुकेश यादब सिरहा ४ पुष, । करिब दुई सतादेखि अत्यधिक चिसो र सितलहरबाट बाच्नका लागि चिसो बाट प्रभावित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा कमबल वितरण गर्ने तैयारी गरिएको छ ।
सिरहाको जिविस
भवनमा बसेको बैठकले जिल्लाका अति गरिब परिवार, असहाय, दलित र बृद्धबृद्धालाई मध्यनजर गर्दै सितलहरबाट बाचनका लागि कमबल वितरण र सिरहा सदरमुकाम सिरहा सहित जिल्लाका छ वटै नगरपालिका र सम्पुर्ण गाविसहरुमा कमबल र आगो ताप्नका लागि दाउरा वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मान बहादुर विकले जानकारी दिनु भयो ।
जाडोका कारण आर्थिक अवस्था कमजोर भएका परिवारहरुले चिसोका कारण ज्यान समेत गुमाउनु परेको अवस्था मध्यनजर गर्दै सबै नगरपालिका र जिविसलाई कमबल वितरण गर्ने कार्यमा सहयोग गर्न र लक्षित परिवारलाई मात्र वितरण गर्न निर्देशण दिएको विकले बताए ।
सिरहा सहित जिल्लाभरका सार्वजनिक स्थानहरुमा दाउरा बाल्ने र कपडाका कारण शितलहरका सिकार हुन सक्ने परिवारहरुलाई आर्थिक अवस्था हेरी कमबल वितरण गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देव कुमार यादवले जानकारी दिनु भयो ।
पत्रकार यादबका अनुसार ,‘कमबल वितरण गर्ने परिक्रिया विगतका दिनहरुमा गलत भएका कारण यस पालि यसको समिति बनाएर कमबल वितरण गर्नुपर्ने र एकै खालका कमबल सबै परिवारलाई वितरण गर्नुपर्ने आवश्यक रहेको छ । अगामी बर्ष लगभग २० जानाले ज्यान गुमाई सकेको अबस्थालाई मध्यनजर गर्दै यस पटक चिसो बढनु अगामी नै कमबल तथा दाउरा बितरण गर्ने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment