जनकपुर, १६ कार्तिक । नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच अभिलम्ब वार्ता सम्पन्न गर्न दबाव दिने उद्देश्यले सोमबार जनकपुरमा खबरदारी जुलुस निकालिएको छ ।
जुलुसका सहभागिहरुले वार्तालाई चाँडै निष्कर्षमा पुर्याउन खबरदारी गरेका थिए ।
संयुक्त युवा संघर्ष समितिको आयोजनामा भएको जुलुस राम चोकबाट सुरु भई नगरको विभिन्न भागको परिक्रममा गरी स्म्पन्न भएको थियो ।
जुलुसका सहभागीहरुले मधेशीको अधिकार पूरा गराउन दबाव दिएका थिए ।
No comments:
Post a Comment