/ , , / प्रहरीद्वारा मारिने व्यक्ति भारतीय नागरिक रहेको पुष्टि, बीरगंजमा अनिश्चितकालीन कर्फ्यू जारी

प्रहरीद्वारा मारिने व्यक्ति भारतीय नागरिक रहेको पुष्टि, बीरगंजमा अनिश्चितकालीन कर्फ्यू जारी

वीरगंज, १६ कार्तिक । बीरगंजमा नाकामा सोमबार आन्दोलनकारी प्रहरीबीच भएको झडपमा मृत्यु हुने व्यक्ति भारतीय नागरिक रहेको बुझिएको छ । सीमा पारी जाने क्रममा प्रहरीको गोलीले उनको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
मृत्यु हुने भारतीय सीमा क्षेत्र रक्सौल, नागारोड १६ निवासी २४ वर्षीय आतिश कुमार राम रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनको टाउकोमा गोली लागेको छ । युवकको खप्पर पूर्ण रुपले बाहिर आइसकेको अवस्थामा उनलाई अस्पताल पुर्याइएको थियो ।
यता, नेपाली क्षेत्रमा प्रहरीको गोलीले भारतीयको मृत्यु भएपछि सीमावर्ती सहर रक्सौल अहिले तनावग्रस्त छ । रक्सौलका जनता आक्रोशित भएका छन् ।
त्यस्तै प्रहरी र प्रदर्शनकारी बीचको झडपले स्थिति तनावग्रस्त भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । स्थानीय प्रशासनले अपरान्ह तीन बजेबाट मितेरी पुलदेखि भारतीय सीमा क्षेत्रसम्म कर्फ्यू लगाएको हो ।
मितेरी पुलमा धर्ना बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा सोमबार विहान झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment