तराई मधेस सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष एव पुर्वमन्त्री महेन्द्र राय यादवले जारी मधेस आन्दोलनलाई भारतसँग जोडेर बदनाम गर्ने फोहरी खेल सरकारले गरि रहेको आरोप लगाए । मधेसी पत्रकार समाज पर्साले होटल पुजनमा आयोजना गरेको सम्मेलनमा बोल्दै यादवले मधेसको माँग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउदै २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्न तर्फ सरकार गम्भिर नभएको र उल्टै जारी मधेस आन्दोललाई बदनाम तथा तुहाउने जस्तो फोहरी खेलमा सरकार पक्षधर एवं ठूला पार्टीहरुले चलखेल गरि रहेको बताउनु भयो । सरकारको विरुद्धमा भइ रहेको आन्दोलनमा छिमेकी मुलुक चीनले सरकारलाई मद्दत गर्ने कार्य मधेसी जनता भावना विपरित भएको बताए । मधेस आन्दोलनलाई ठुला दलका नेता एवं राजधानीबाट संचालित मिडियाहरुले आन्दोलनलाई भारतसँग जोडेर आन्दोल बदनाम गर्ने चलखेल गरि रहेको बताउदै मधेस आन्दोलन मधेसीहरुको स्वभीमान, पहिचान र अधिकारको आन्दोल भएको बताए । सरकारले राजनितिक समस्याको समाधान गर्नुको सट्टा षडयन्त्र गरि रहेको आरोप लगाउदै वार्ताको नाममा नौटंकी मात्र गरि रहेको बताउनु भयो । पत्रकार सम्मेलनमा तराइ मधेस सद्भावना पार्टी केन्द्रिय सदस्य रमेश यादव, पर्सा जिल्ला अध्यक्ष पे्रमचन्द कुशवाहा, सचिव श्रीराम गिरी, जिल्ला नेताहरु मनोज मेहता, नरेश पटेल, लक्ष्मण प्रसाद साह, विजय पटेल, विपिन यादव, मनोज पटेल, धर्मराज कुशवाहा लगायतको सहभागिता रहेको थियो ।
सरकारले मधेस आन्दोलनलाई भारतसँग जोडेर बदनाम गर्दै : महेन्द्र यादव

No comments:
Post a Comment