
केन्द्रीय सदस्य,
तमलोपा तराई मधेशमा जारी आन्दोलनको क्रममा सिरहामा रही नेतृत्वदायी भूमिकामा रहनु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेशकुमार मण्डल घाइतेको अवस्था बुझ्न हिजो काठमाडौमा आउनु भएको छ । के छ मधेशको अवस्था, काठमाडौ आएर मधेश आन्दोलनप्रतिको काठमाडौको धारणा के पाउनु भएका छ लगायतका विषयमा सहारा टाइम्सले गरेको छोटो कुराकानीः तराई मधेशमा भइरहेको आन्दोलनमा लामो संघर्षपछि तपाई काठमाडौ आउनु भएको छ, कस्तो छ मधेशको अवस्था ? –मधेश आन्दोलन शुरु भएदेखि नै मैले यसलाई मधेश आन्दोलन ३ भनि सम्बोधन गर्दै आएको छु । र, पहिला भएको दुईटा आन्दोलनभन्दा अहिलेको आन्दोलन झन सशक्त भएर आएको छ । पहिलो मधेश विद्रोहमा त्यत्रो मधेशी जनताले बलिदानी दिएपछि भएको २२ बुँदे र दोस्रो मधेश आन्दोलनपछि भएको ८ बुँदे सम्झौता कार्यान्वयन नभएपछि मधेशी जनतामा झन आक्रोश बढेको छ र सम्पूर्ण मधेशी जनता सडकमा ओर्लेका छन् । गाउँ गाउँ आन्दोलित भएका छन् । पहिलो मधेश आन्दोलनमा सडकमा नआएका जनताहरु पनि सडकमा आएका छन् । त्यसको कारण हो, सम्झौता कार्यान्वयन नहुनु । यो आन्दोलनको नयाँ माग केही पनि होइन । मधेशी जनताको रगतबाट साटिएको ८ बुँदे सम्झौता कार्यान्वयन नहुनुमा जनतामा आक्रोश बढेको छ र त्यो थेगी सक्नु छैन । त्यसो भए यो आन्दोलन कहाँ गएर टुगिंन्छ त ? –अहिले पनि मधेशी जनता राज्यको बाटो पर्खेर बसेका छन् । धैर्य गरेर बसेका छन् । दुई दर्जनभन्दा बढीको ज्यान गइसक्यो तैपनि मधेशी जनता भनिरहेका छन् कि वार्ता गर । हामी वार्ता गर्न तयार छौ तर राज्यले त्यसको अनसुनी गरिरहेका छन् । वार्ताका वतवारण बनाउन राज्य तयार छैन । वेवास्ता गरिरहेका छन् । यो राज्यको गैरजिम्मेवारीपन हो । यदि यस्तै रहि रहने हो भने मधेश आन्दोलन कुन बाटोमा लाग्छन् भन्न सकिदैन । तर अहिले पनि केही बिग्रेको छैन । म भन्छु यी तीन दलका तीन तथाकथित नेताहरुको बुद्धिको बिर्को चाँडो खुलोस् । तपाईले भन्न खोज्नु भएको अर्को बाटो भनेको के हो ? –मैले अघि भने नि कि त्यो बाटो मधेशले नै तय गर्नेछ । आन्दोलनको आफ्नो मुड हुन्छ र त्यो राज्यको व्यवहारमा भर पर्छ । राज्यले जस्तो व्यवहार गर्छ त्यसैमा भर पर्छ । अहिलेसम्म राज्यको व्यवहार कस्तो पाउनु भएको छ ? –शाही कालभन्दा पनि निरकुँश देखिएको छ अहिलेको राज्य । नेपाली जनताले आन्दोलन गरिरहेका छन् भने कुरा राज्यले बुझिरहेका छैन । अर्कै लोकका जनता वा अर्कै मुलुकका जनताले आन्दोलन गरिरहेका छन जस्तो व्यवहार गरिरहेका छन् । दुश्मन जस्तो व्यवहार गरिरहेका छन् । युद्धमा आफ्नो प्रतिद्धन्दीसँग जसरी राज्यले व्यवहार गर्छन् त्यसरी नै राज्यले अहिले मधेशी जनतासँग गरिरहेका छन् । मधेशमा आन्दोलन शुरु भएको सात दिन नबित्दै सेना परिचालन गरे । मधेशमा के यस्तो घटना भयो जो सेना परिचालन गर्ने आवश्कता पर्यो । सेना परिचालन कस्तो बेलामा हुन्छ भने कुरा राज्यले थाह नभएको होइन तर युद्धमा दुश्मन परास्त गर्ने जस्तो सेना परिचालन गरी मधेशी जनतामाथि दमन गरि रहेका छन् । राष्ट्रिय विप्लव, बाहिर आक्रमणको खतरा, विदेशी सैनिक हस्तक्षेप देखेपछि सेना परिचालन गर्नुपर्ने हुन्छ तर यीमध्ये त कुनै देखिएका छैन नि तर किन के का लागि सेना परिचालन भयो । शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई राज्यले अतिरञ्जित बनाएर आन्दोलनकारीमाथि दमन गर्ने नियतले सेना परिचालन गरेका छन् । सेनाको परमाधिपति राष्ट्रपति हुन्छन् । सेना परिचालन गर्नुअघि राष्ट्रपतिको आदेश चाहिन्छ तर राष्ट्रपतिलाई थाहै छैन । यो कस्तो राष्ट्र हो । आन्दोलनकारीलाई लखेटी लखेटी समातेर सिधै टाउकोमा गोली हानेको छ । छातीमा गोली हानेको छ । प्रहरीहरुले आन्दोलनकारीलाई घेरा हालेर गोली हानेर हत्या गरेका छन् । यो राज्य आतकं हो कि होइन तपाई नै भन्नुस् । प्रहरीहरु मारिनु आतकं होइन ? –मेरो धारणा यो होइन कि प्रहरी मारिनुपर्छ । जो मारिएपनि नेपाली नै मरिरहेका छन् । आन्दोलनकारी मारिएका छन् भने म दुखी छु र प्रहरी मारिएको छ भने म खुशी छु भने होइन तर यो सब गराउनेमा राज्य दोषी हो । यसको जिम्मेवारी राज्यले नै लिनुपर्छ । राज्यले यस्तो अवस्था सृजना गराई दियो कि आन्दोलनको झडपमा दुवैतर्फ क्षति भइरहेको छ । प्रहरी र सेनाको आतंकले गर्दा यस्तो भएको हो । यो काम प्रहरीले आफै गरेको होइन । गृहमन्त्रीले निर्देशन दिएपछि गरेको हो । राज्यले योजनाबद्ध तरिकाले यो सब गराई रहेका छन् । बाराको कलैया घटनालाई लिनुस् पाखुरामा गोली लागेका एक आन्दोलनकारीले पानी पानी भनि रहँदा त्यहाँ रहेका डिएसपीले उसको मुखमा पिशाब फेरि दिए र छातीमा तीन गोली हानेर हत्या गरे । वीरगञ्जमा एकैदिन पाँचजनाको हत्या भयो त्यो दिनलाई मधेशी जनताले विर्सेका छैन । वीरगञ्जमा देखिएको प्रहरी र सेनाको आतंकलाई मधेशी जनता कहिल्यै विर्सिने छैन । हिजोको महोत्तरी र धनुषाका घटनालाई हेर्नुस् । बच्चादेखि महिला, बृद्ध कसैलाई छाडेका छैन । घरमा घुसी घुसी हत्या गर्ने काम राज्यबाट भएको छ । यसलाई के भन्नु हुन्छ । यसरी नै जनता कहिलेसम्म मारिने हो त ? –यो अधिकारको लडाई हो । जनताले आफ्नो अधिकार नपाएसम्म लडि रहन्छ । मधेशी राष्ट्रियता, मधेशी पहिचान र अस्तीत्वको लडाई हो । राज्यले नस्वीकारेसम्म चलि रहन्छ । कतिको ज्यान गयो, राज्यबाट कतिको हत्या भयो भने गिन्ती गरेर जनता बसेका छैन । जनताले छाती खोलेर बसेका छन् भन्छन् मार कतिलाई मार्छौ । आजसम्मको इतिहासमा रगत नबगाईकन मुक्ति प्राप्त भएको छैन । परिवर्तन भएको छैन र हामी मुक्तिका लागि रगत दिन तयार छौ । तपाई हिजो काठमाडौ आउनु भयो, मधेश आन्दोलन बारेमा काठमाडौमा कस्तो पाउनु भयो ? –लगभग एक महिनापछि म काठमाडौ आएको हुँ । यहाँ आएपछि त अच्चममा परे । मधेश आन्दोलनले काठमाडौलाई छोएको जस्तो लागेन । मधेश आन्दोलनले काठमाडौलाई कुनै असर गरेको छैन । यहाँका शासकलाई लाग्छ कि अरु कुनै देशमा आन्दोलन भइरहेको छ । आन्दोलनप्रति कुनै सोच छैन । मधेशमा घाइते भएकाहरुको उपचारका लागि यहाँ काठमाडौमा ल्याएको छ । म उनीहरुलाई नै भेट्न आएको छु । विभिन्न अस्पतालमा गएर भेटे । ती घाइते आन्दोलनकारीप्रति राज्यको कुनै जवाफदेही छैन । राज्यमा आफ्नो अधिकारका लागि लडेको हो र त्यसमा घाइते भएको हो जस्तो व्यवहार राज्यले गरिरहेका छैन । बरु अस्पतालहरुमा घाइते आन्दोलनकारीहरु अपमान भइरहेका छन् । उपचारमा खटिएका डाक्टरहरुले पनि राम्रो व्यवहार गरिरहेका छैन । घाइतेहरुको अवस्था राम्रो छैन । उपचारमा हेलचक्राई भइरहेको छ । आन्दोनलमा घाइते भएकाहरुलाई उपचार गर्ने दायित्व राज्यको होइन ? तर राज्य बेखबर छन् । यसको समाधान के हो त ? –म त भन्छु, वार्ताको कुनै आवश्यकता नै छैन । यो आन्दोलनको कुनै नयाँ माग होइन जसको लागि वार्ता होस् । विगतमा हामीसँग भएको २२ र ८ बुँदे सम्झौता कार्यान्वयन गर्दियोस् हामी आन्दोलन रोक्छौ, त्यही हो समाधान ।
No comments:
Post a Comment