रौतहट जिल्लाको गाविस टेंग्राहामा जनमेका र सानै देखि राजनिति गर्ने थालेका, मधेश र मधेशीको अधिकारकोलागी सदैव अग्रपंक्तीमा देखिने संघिय समाजवादी विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष प्रकाश भाई यादव संग गरेको संक्षिप्त कुराकानी ः प्रकाश जी, राजनिति जिवन कहिले देखि शूरु गर्नु भयो ? मेरो पुर्खाको राजनितिक लगाव, प्रेरण, तिनिहरुकै प्रभाव र अर्शिवादले गर्दा म जन्मेको ६ वर्ष देखि कलम समात्ने हातमा पहिला झण्डा बोके र हाल संघिय समाजवादी विद्यार्थीको जिल्ला अध्यक्षमा रही सक्रिय छु र हाल १८ वर्षको भए । प्रहरी हिसारतमा जादाँ कस्तो लाग्यो ? पहिलो चोटी थुनामा गए पछि मलाई गवै लाग्यो किनकी म कुनै अपराधी क्रायकलाप गरि भित्र गईन जनताको अधिकारको लागी गएकोमा आफुलाई भाग्यमानी ठानेको छु । राजनितिकमा किन प्रवेश गर्नु भयो ? पैसाको लागी होइन, यूवा भनेको देशको कर्णधार हो । देशमा नेतृत्व कर्ताको कमि र संकटबाट मुक्त गराउन देशमा नाम कमाउन राजनितिमा लागेको छु । शान्तिपूर्ण रैली भनेर हाथमा लाठी किन बोक्नु भयो ? हाल २०७२ सालको संविधानमा मधेशको हक अधिकार कुण्ठित हुने काम गरिएकोले हामी शान्तिपुर्ण आन्दोलनमा छो हाथमा फटा बोक्नु भनेको हतियार बोकेको होईन । यो त मधेशीको पहिचान र शान हो । प्रहरी माथी प्रहार किन ? प्रहरीले अधिकार दिन्छ ? राज्यको प्रतिनिधित्व प्रहरीले गरेको छ, शान्तिपूर्ण आन्दोलनमा प्रहरीले जिस्काउने काम गरेको छ भने लड्ने कि प्रहरीलाई सलाम गर्ने । हाम्रो त लाडई राज्य संग हो । न कि प्रहरी संग अनुरोध छ कि हामीलाई नजिस्काउ र हाम्रो शान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप नगरौ । मधेशी सभासदमाथी आक्रमण किन ? मधेशबाट जितेका केही सभासदले मधेशीको हक अधिकारलाई बेचेकोले तिनिहरुको चरित्रलाई समाप्त र आँखा खोल्ने हिसावले यो कदम चालेको यदी मान्छे भेटाए उ माथी पनि आक्रमण गर्न पछि हटदैनै हिमत भए माधव र जितेन्द्र यादव रौतहटमा आएर देखाओस । जनतालाई के भन्न चाहनु हुन्छ ? मधेशमा दमनकारी सरकारलाई घुडा टेकाउन मधेशी जनतालाई हजारो हजारैको संख्यामा घर छोडी शान्तिपूर्ण आन्दालनमा आउनु आग्रह गर्दछु ।
No comments:
Post a Comment