/ / पक्राउ पर्ने डरका कारण प्रधानमन्त्री न्यूयोर्क गएन : यादव

पक्राउ पर्ने डरका कारण प्रधानमन्त्री न्यूयोर्क गएन : यादव

प्रतिक श्रेष्ठ/बिराटनगर संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री सुशिल कोइराला पक्राउ पर्ने डरले संयूक्त राष्ट्संघको महासभामा भाग लिन न्यूयोर्क नगएको आरोप लगाएका छन् ।
प्रतिक श्रेष्ठ/बिराटनगर संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री सुशिल कोइराला पक्राउ पर्ने डरले संयूक्त राष्ट्संघको महासभामा भाग लिन न्यूयोर्क नगएको आरोप लगाएका छन् । शनिबार आफ्नै निवास बिराटनगरमा संञ्चारकर्मीहरु संगको भेटमा उनले तराइ मधेशको आन्दोलनमा घोर मानव अधिकारको उलंघन गरी नेपाल प्रहरी र ससस्त्र प्रहरीको गोली बाट ४३ जना निहत्था जनताको हत्या गरेका कारण अन्तराष्ट्यि समुदाय नेपालको प्रधानमन्त्री प्रति रुष्ट भएको कारण महासभामा जानबाट डराएको यावदले बताए । हाल मधेशमा अधिकारका लागी भइरहेको आन्दोलनप्रति राज्यले प्रहरी र सेना लगाएर गरीरहेको दमनलाई संयूक्त राष्ट्संघिय उच्च मानवअधिकार आयोग ले गम्भिरतापुर्वक लिएको बताउँदै उनले मधेशमा गरेको नरसंघार बिरुद्ध आफुहरुले सर्वोच्च अदालत र अन्तराष्ट्यि फौजदारी अदालतमा मुद्धा दायर गर्नलागेको बताए । उनले छोरीको बिहेजस्तो कार्ड पठाएर बार्ता नहुने जिकिर गरेका थिए । उनले मधेशी र मधेशको मुद्धालाई बेवास्था गरेको कारण तेस्रो चरणको आन्दोलनमा आफुहरु जानुपरेको बताउँदै यादवले अहिलेको आन्दोलन मधेश मुक्तिको आन्दोलन भएको समेत बताए । उनले आफुहरुको माग सम्बोधन नभए सम्म राजमार्ग र बोर्डर केन्द्रित आन्दोलन जारीरहने र त्यसको जिम्मा सरकारलले लिनु पर्ने उनेको दावी थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment