/ , , / जनकपुरमा सभामुख सुवासचन्द्र नेम्बांगको पुत्ला दहन , प्रधानमन्त्री सुशिल कोइरालाको संभावित जनकपुर भ्रमण , ब्यापक बिरोधको तयारी सुरु

जनकपुरमा सभामुख सुवासचन्द्र नेम्बांगको पुत्ला दहन , प्रधानमन्त्री सुशिल कोइरालाको संभावित जनकपुर भ्रमण , ब्यापक बिरोधको तयारी सुरु

 श्रीकान्त झा ।  सिरहा । असार २५
संविधानको प्रारम्भिक मस्यौदालाई मधेश विरोधी बताउदै मधेश अधिकार संघर्ष समितिले बिहीबार  अपरान्ह जनकपुरमा प्रमुख चार दलका नेताहरुको पुतला दहन गरेको छ ।
चार दलको सहमतिमा ल्याएको प्रारम्भिक मस्यौदामा मधेशी जनतासित घात भएको संघर्ष समितिको ठहर छ । संघीयता को सीमांकन र नामांकन नगरेर ल्याएको प्रारम्भिक मस्यौदा मधे मधेशी जनता विरोधी भएको समितिले बताएको छ ।
समितिका संयोजक सरोज मिश्रको अगुवाईमा बिहीबार जनकपुरको शिवचोकमा नेपाली काग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशिल कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको पुतला दहन गरेको छ । शिवचोकमा गरिएको पुतला दहन कार्यक्रममा समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा समितिका पदाधिकारीहरुले चार दका नेता विरुद्ध चर्का नाराबाजी गरेका थिए ।चर्का नाराबाजी गर्दै पुतला दहन गरेपछि केही बेरका लागि शिवचोकमा आवतजावत रोकिएको थियो । यसअघि गएको मंगलबार समितिले आन्दोलनको शंखनाद  गरेको थियो ।मंगलबार दिउ“सो जनकपुरका जनकचोकमा मधेश अधिकार संघर्ष समितिले सो शंखनाद गरेको थियो । राजनीतिक दलका युवा तथा स्वतन्त्र युवा नागरिकहरुको साझा मंच मधेश अधिकार संघर्ष समितिले मधेश विरोधी मस्यौदा सच्चयाउनुपर्ने माग गरेको छ ।यो आन्दोलन झिल्कोको रुप ग्रहण गर्दै छ मधेशको विभिन्न जिल्ला तथा काठमाण्डौँमा समेत । तर मधेशी दलहरु र मधेशका पक्षमा ओकालत गर्ने विभिन्न पार्टीका नेताहरुले भने संविधानसभा परित्याग गर्ने चुईसम्म नबोल्दा कतै यो आन्दोलन असारे वर्षातको झरीको शिकार त हुने होइन भन्ने आशंका कायमै छ । किनभने मधेशी दलहरुले संविधानसभा परित्याग गर्ने कुरा अहिले पनि उनीहरुको लागि विचाराधिन नै रहेको छ । जसले गर्दा सत्ता स्वाद पाएका यी दलहरुले १० वर्षे जनयूद्ध गरी आएका प्रचण्डको अनुयायी भएमा त मधेश फेरी पनि दमनको शिकार नहुनेमा कुनै किसिमको शंकै छैन । तसर्थ यो आन्दोलनले मधेशी दलहरु सहित पहिचानवादी दलहरुलाई र अन्य दलमा रहेका मधेशी सभासदहरुलाई परित्याग तथा विद्रोहको निम्ति बल मिलोस् । संघीयता सहितको आत्मनिर्णयको अधिकार, समानुपातिक, पहिचान, भाषा र आफ्नो अधिकारका तथा मधेश मुक्तिका निम्ति एकजुट हुनु आवश्यक छ भन्ने यी मासको धारणा हुनु पर्ने हो ।

प्रधानमन्त्री सुशिल कोइरालाको संभावित जनकपुर भ्रमणको ब्यापक बिरोधको तयारी सुरु भएकोछ । राम युवा कमिटीद्वारा निर्माण गरिएको राम टावरको उदघाटनका लागि प्रधानमन्त्री कोइरालालाई आमन्त्रण गरिएकोछ । ‘उदघाटन गर्न आउने वचन प्रमले दिएकाछन’कमिटीका अध्यक्ष रामबाबु साहले भने–तर उदघाटनका लागि गते निश्चित भइसकेको छैन । असार ३१ गते सम्म मात्र अध्यक्ष रहने साहले टावर उदघाटनलाई एक सुत्रिय कार्यक्रम बनाएको बताए । ‘कमिटीको नया“ निर्वाचनका लागि अहिले समय छ’उनले भने–टावरको उदघाटनपछि मात्र अन्य काम हुनेछ । प्रधानमन्त्री सुशिल कोइराला मधेश र मधेशी बिरोधी रहेकाले जनकपुरमा उनको ब्यापक बिरोध गर्ने तयारीमा जुटेको मधेश आन्दोलनमा कृयासिलहरुले जनाए । ‘स्वागतमा गरिने कार्यक्रम भन्दा हाम्रो कार्यक्रम बढी सशक्त हुनेछ’बिरोध कार्यक्रमको संयोजन गरिरहेका एकजना युवाले भने–हामी कार्यक्रम बिथोल्ने सबै रणनीति बनाइसकेका छौ र प्रधानमन्त्री कोइरालाको बिरोधमा बिभिन्न मधेशी दलका नेता कार्यकर्ताहरु पनि सकृय भएका छन । प्रधानमन्त्री कोइरालाको कार्यक्रम हुने स्थल सा“गुरो र बीच बजारमा भएकाले बिरोध गर्न सजिलो हुने बिरोधी अभियानका सदस्यहरुले जनाए । प्रधानमन्त्री जनकपुर आउने संभावनालाई सुरक्षा अधिकारीहरुले अस्विकार नगरेपनि निश्चित भइनसकेको बताए ।  

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment