असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार मोर्चाका चार दलले गरेको घोषणामा सार्वजनिक स्थानमा कालो झन्डा गाड्नेदेखि राजधानीमा विरोध जुलुस र विभिन्न सहरमा विरोध सभाहरुका कार्यक्रम छन् । समाजवादी संघीय फोरम, सद्भावना पार्टी, तमलोपा र तमसपाले संयुक्त रुपमा आन्दोलन गर्न लागेका हुन् । चार ठूला दलबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदा दुवैको विरोध गरिरहेका यी दलले असार २७ गते सार्वजनिक स्थानहरुमा कालो झन्डा गाड्ने छन् भने २९ गते काठमाडौंमा विरोध जुलुस गर्ने बताएका छन् ।साउन १ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र कोणसभा गर्नेछन् भने साउन ५, ६, ७ र ८ गते क्रमशस् विराटनगर, जनकपुर, वीरगञ्ज र भैरहवामा विरोधसभा गर्ने घोषणामा उल्लेख छ ।
मधेशएक्सप्रेस सम्वाददाता । असार २५ . - १६ बुँदे सम्झौतालाई टेकेर संविधानको मस्यौदा आएपछि मधेश आन्दोलित हुँदै गएको छ । मस्यौदाको विरुद्धमा मधेशी दलहरुले विभिन्न कार्यक्रम गर्नुको साथै त्यसको तयारीमा समेत लागेका छन् । मधेशका दल तथा युवाहरु जुन रुपले तयारीमा लागेका छन् मानौं ठूलै युद्धको तयारी भइरहेको भान भइरहेको छ ।ःकाठमाडौमा मात्र होइन कि मधेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रम गरि मस्यौदाको विरुद्ध आन्दोलन भइरहेको छ । असार २२ गते जनकपुरमा युवाहरुको एउटा संगठनले शंख बजाएर आन्दोलनको घोषणा पनि गरिसकेका छन् भने यता काठमाडौमा पनि विभिन्न कार्यक्रम गरी जनमत तयार गर्ने काम भइरहेको छ ।
सविधानसभामा रहेको चार मधेशवादी दलले विगत पाँच दिनदेखि मस्यौदा आएको विरोधमा सविधानसभा बहिष्कार गरिरहेका छन् भने मधेशसँग विभिन्न संघ संगठनले दिन दिनै कुनै नकुनै कार्यक्रमहरु गरिरहेका छन् । कसैले खुल्ला कार्यक्रम गरिरहेका छन् भने कसैले बन्द कोठामा पनि कार्यक्रम गरिरहेका छन् ।
यसैबीच चार मधेशवादी दलले संघर्षका कार्यक्रम तयार गरेका छन् । तीन दिनदेखि जारी चार दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले असार २६ गतेदेखि साउन ८ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।
मोर्चाका एक घटक तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवका अनुसार असार २६ गते प्रत्येक मधेशका प्रत्येक जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्नेछ । असार २९ गते काठमाडौमा जनप्रदर्शन, मधेशको प्रत्येक जिल्लामा साउन १ गते जनप्रर्दशनसहित कोणसभा, त्यस्तै २ र ३ गते मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा जुलुस प्रर्दशन, र पाँच गतेदेखि आठ गतेसम्म मधेशका प्रमुख चार शहरमा जनसभा कार्यक्रम गर्ने तय भएको छ । साउन ५ गते विराटनगरमा जनसभाको कार्यक्रम आयोजना गरिनेछ र त्यहाँको सम्पूर्ण जिम्मेवारी संघीय समाजवादी फोरम नेपाललाई तोकिएको छ । ६ गते जनकपुरमा हुने जनसभाको तयारीका लागि तराई मधेश लोकतान्त्रिक पार्टीलाई जिम्मेवारी तोकिएको छ भने ७ गते वीरगंजमा हुने जनसभाको तयारीका लागि तराई मधेश सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ । त्यस्तै आठ गते भैरहवामा हुने जनसभाको तयारीको लागि सद्भावना पार्टीलाई जिम्मेवारी दिएको छ ।
बृहत मोर्चामा अन्यौलमा
यी चार दलबाहेक बाहिर रहेका अन्य दललाई पनि मिलाएर एक बृहत मोर्चा बनाउने तयारी भएपनि त्यसलाई मूर्त रुप दिन सम्भव भइरहेको छैन । संविधानसभा बाहिर रहेका जयप्रकाश गुप्ता नेतृत्वका तराई मधेश राष्ट्रिय अभियान र मातृका यादव नेतृत्वको संयुक्त मधेशी राष्ट्रिय अन्दोलन समितिलाई पनि मोर्चामा ल्याउने कुरा थियो तर तीन दिनदेखि जारी मधेशी मोर्चाको बैठकमा भएको छलफल अनुसार अहिले तत्काल बृहत मोर्चा गठन नगर्ने भनिए पछि मातृका र जयप्रकाश गुप्तालाई मोर्चामा ल्याउन अन्योल देखिएको हो ।
मस्यौदा आएपछि कार्यक्रम भ्याई नभ्याई
१६ बुँदे सम्झौता आएपछि मधेशका विभिन्न संघ संगठन तथा दलहरुले नियमित विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । कार्यक्रम हुन थालेपछि अहिले मधेशका बुद्धिजिवि, पत्रकार, कानुन व्यवसायी तथा नेताहरुलाई भ्याई नभ्याई छ ।१६ बुँदे सम्झौता आएपछि जागृत नेपालका अध्यक्ष विजयकान्त कर्ण, नेमाफका कार्यकारी निर्देश तुलानारायण साहका श्रीमती रिता साहले त्यसको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । त्यसमाथि सुनवाई भएपछि असार ४ गते सर्वोच्च अदालतले विपक्षिको नाममा १६ बुँदे सम्झौता कार्यान्वन नगर्नु नगराउनु अन्तरिम आदेश दिइएको थियो ।अन्तरिम आदेश आएपछि मोहन सिह अध्यक्ष रहेको मधेशी पत्रकार समाजले १६ बुँदे सम्झौताको बारेमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा तुलानारायण साहदेखि दिपेन्द्र झा, विजयकान्त कर्णलगायतका युवा नेताहरुको उपस्थिति थियो । त्यसपछि संवाद समितिको प्रतिवेदन मस्यौदा समितिमा गएपछि मस्यौदा समितिबाट मस्यौदा तयार हुन थाल्यो । मस्यौदा तयार हुन लागेकै अवस्थामा असार १० गते जागृत नेपाल र मधेशी संसद क्लवले मस्यौदाको बारेमा कार्यक्रम आयोजना गर्यो । जसमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, अमरेश कुमार सिहलगायतका नेता तथा सभासद्को उपस्थिति थियो । त्यसपछि असार १२ गते पुनः मधेशी पत्रकार समाजले सोही विषयमा अर्को अन्तरक्रिाय कार्यक्रमको आयोजना गर्यो । त्यसमा पनि महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेश सिहलगायतको उपस्थिति थियो । त्यसपछि कुमार विवेकानन्द मिश्र अध्यक्ष रहेको मधेशी पत्रकार संघले असार १६ गते सविधानको मस्यौदा बारे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । त्यसमा आदिवासी जनजातिका अगुवा नेता तथा मधेशका बुद्धिजिवि र पत्रकारहरुको उपस्थिति थियो । ओम गुरुगं, बुद्ध छिरिगं, सुरेन्द्र महतो, विजयकान्त कर्ण, डा। शिवजी यादव, डा।रामकेवल साहलगायतको उपस्थिति थियो । र सोही दिन मधेशी मोर्चाले बबर महलमा मस्यौदा पनि जलाएका थिए ।
असार १८ गते उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, जेपी गुप्ता, अमरेशकुमार सिह, मातृका यादवलगायतका नेताहरु नेपालका लागि भारतीय राजदूत रञ्जित रे लाई भेट्नका लागि उनकै दूतावासमा भेट्न गएका थिए । जुन निकै विवादस्पद रह्यो । असार १९ गते मधेशी पत्रकार संघले आफ्नो वार्षीक उत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा उपराष्ट्रपति परमानन्द झा प्रमुख अतिथि थिए भने नेतामा राजेन्द्र महतो, अनिल झा, वृषेशचन्द्र लाल, राजकिशो यादव, रामनरेश राय यादवको उपस्थिति थियो । असार २० गते यही मस्यौदाको विषयमा विभिन्न मधेशवादी दलका युवा तथा विद्यार्थी तथा केही स्वतन्त्र युवाहरुले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा पत्रकारहरुलाई बोलाइएको थिएन र जसलाई युवा नेताहरुले गोप्य राख्ने प्रयास गरेको थियो । यसैगरी आज बृहत मधेश रक्षा मोर्चाको आयोजनामा ‘सविधानकै प्रारम्भिक मस्यौदा और मधेश विद्रोहका आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।युवा नेता विक्की यादवको अध्यक्षतामा भएको कार्यक्रममा तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनल, भरत विमल यादवदेखि लिएर दिपेन्द्र झा, तुलानारायण साह र विभिन्न दलका युवा नेताहरुको सहभागिता रहेको थियो । र, भोली मधेशी पत्रकार संघ उपत्यका समितिले पनि मस्यौदामा नागरिको सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
तमलोपाले सिडी बाँड्ने
महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाहेक आफ्नो छुट्टै संघर्षका कार्यक्रम तय गरेको छ। मधेशका प्रत्येक निर्वाचन क्षेत्रमा पार्टीको तर्फबाट अपिल बाँड्ने छ । जुन १६ बुँदे सम्झौतादेखि लिएर मस्यौदा आउँदासम्मको अवस्था बारेमा वर्णन हुने बताइएको छ ।
त्यस्तै पार्टीले मधेशका प्रत्येक जिल्लामा सिडी समेत वितरण गर्ने भएको छ । काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले १६ बुँदे सम्झौता गरेर मधेशलाई धोका दिएको सन्दर्भ र जवर्जस्ती मस्यौदा ल्याएर मधेशको अधिकारलाई कटौती गरेको सन्दर्भलाई जोडेर सिडि ९भिडियो० तयार गरिएको बताइएको छ ।
अन्तराष्ट्रिय जगतलाई गुहार
सविधानको मस्यौदा आएपछि असार १८ गते भारतीय दूतावास गएर एक चर्चामा आएका मधेशवादी दल दिल्ली जाने तयारी पनि गरिरहेका छन् । असार २९ गते भारत भ्रमणको तयारीमा रहेका प्रचण्डकै साथमा पनि यी मधेशवादी दलका नेताहरु जान सक्छन् वा त्यसअघि पनि जानसक्छन् । तर यसबीचमा मधेशका प्रमुख चार दलका नेता उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादवको दिल्ली जाने कार्यक्रमको तयारी तीब्र रुपमा भइरहेको दूतावास स्रोतले जनाएको छ । त्यसको तयारीका लागि तमलोपाका केन्दीय सदस्य बीपी यादव एक हप्तादेखि दिल्लीमा बसिरहेका छन् ।यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेपालका लागि अमेरिकी राजदूतले भेटघाट गरेका थिए ।
by ;- ratopati
No comments:
Post a Comment