/ , , , , / संविधानको मस्यौदामाथि नागरिकको सुझाव संकलन सुरु हुँदै , संविधानमा के चाहनुहुन्छ ? यसरी सुझाव दिनुस् ।

संविधानको मस्यौदामाथि नागरिकको सुझाव संकलन सुरु हुँदै , संविधानमा के चाहनुहुन्छ ? यसरी सुझाव दिनुस् ।


मधेश एक्सप्रेस सम्वाददाता । 
 असार । संविधानसभाको पहिलो मस्यौदा माथि आजदेखि नागरिकको सुझाव संकलन सुरु भएको छ । नागरिक सम्बन्ध समितिबाट कार्ययोजना पारित भएपछि संविधानको मस्यौदा बोकेर संविधान सचिवालयका कर्मचारी जिल्ला पुगेका छन् । वडा–वडासम्म विभिन्न कार्यक्रम गरेर सामुहिक रुपमामा सुझाव संकलन गरिने संविधानसभा सचिवालयले जनाएको छ । २ लाख भन्दा बढि प्रति मस्यौदा छाप्ने काम भइरहेको एक लाख भन्दा बढी छापिसकेको संविधानसभा सचिवालयले जनाएको छ । जनताको सुझाव लिनको लागि सबै सभासदहरु निर्वाचन क्षेत्र पुग्नेछन् । त्यसक्रममा सभासदले जनतासँग अन्तर्क्िरया गर्नेछन् । त्यसबाहेक  पत्र, ईमेल, पैसा नलाग्ने फोन नम्वर मार्फत पनि सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ । केही दिनसम्म वडा नागरिक मञ्चमा हुने छलफलको कुरा समेटेर ल्याउने गरि सभासदहरुले निर्वाचन क्षेत्रमा २ दिनको सार्वजनिक सुनुवाइ शैलीको कार्यक्रम गर्ने कार्ययोजना रहेको छ । त्यहाँ आएका सुझावहरूलाई कर्मचारीले लिखित र रेकर्ड गरेर ल्याउने व्यवस्था मिलाइएको उपसमितिको भनाइ छ । २५ गते कर्मचारीहरुलाई जिल्लामा पठाएर मस्यौदाको प्रचार प्रसारको काम गर्ने र ३१ गतेसम्म सभासदहरु जिल्ला पुगि सक्ने कार्यतालिका बनाएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ दिनमा धेरैभन्दा धेरै नागरिकको सुझाव ल्याउने गरि पठाइएको सीआइएनलाई जानकारी दिनुभयो । साउनको २ र ३ गते निर्वाचन क्षेत्रमा मस्यौदा माथिको छलफल कार्यक्रम गर्ने र सभासदहरुले ल्याएको प्रतिवेदनलाई समेटेर ७ गते जनताको राय सहितको प्रतिवेदन संविधासभालाई बुझाउने बताइएको छ । केही मधेसवादी दलको नाराबाजीकाबीच नयाँ संविधानको मस्यौदामा सुझाव लिने कार्ययोजना हिजो संविधानसभाको बैठकबाट बहुमतले पारित थियो । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानको पहिलो मस्यौदामा जनताको सुझाव लिन जाने सभासदको सुरक्षा र आवतजावतको व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।
  तपाईहरु
इमेल मार्फत सुझाव पठाउन चाहनेले  comt=crcs@gmail=com / nparl=international@can=gov=np , ४२००१९४, ४२०००५३ र ४२००१४१ नम्बरमा फ्याक्स गर्न सकिन्छ ।
त्यसैगरी पैसा नलाग्ने टेलिफोन नम्बर १६६००१२२३४४ मा फोन गरेर पनि  लिखित वा मौखिकरुपमा दिनुस् । विहीवारबाटै तपाईले यो सुबिधा पाउनुभएको छ ।संविधानसभाले नयाँ संविधानमा प्रारम्भिक मस्यौदामा जनमत संकलनको काम शुक्रबारबाट शुरु गर्दैछ । तर, हरेक नेपाली जनताले आ–आङ्खनो पायक पर्ने ठाउँ वा माध्यमबाट विहीबारै सुझाव पठाउन पाउनेछन् । विदेशमा रहेका नेपालीबाट समेत सुझाव लिने व्यवस्था गरिएको छ । विदेशस्थित दूतावास र सचिवालयको वेबसाइटबाट उनीहरुको सुझाव लिने व्यवस्था मिलाइएको संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुईकेलले बताए ।सुझाव संकलनका लागि अन्तरक्रिया कार्यक्रम पनि गरिनेछन् । नेपाल पत्रकार महासंघ, बार एसोसिएनसहितका पेशागत संगठन र नागरिक समाजको तर्फबाट सुझाव संकलन गरिने छ ।प्रत्येक निर्वाचन क्षेत्रका कम्तिमा दुई प्रमुख व्यापारिक केन्द्रमा सम्बन्धित क्षेत्रका सभासदसहित कर्मचारीहरु सुझाव संकलनका लागि आउँदैछन् । त्यसका लागि साउन ४ र ५ गते सार्वजनिक सुनुवाइ हुनेछ ।नागरिक सम्वन्ध तथा संविधान सुझाव समितिले तयार पारेको कार्ययोजनालाई संविधानसभाको विहिवारको बैठकले अनुमोदन गरेपछि जनमत संकलनको प्रक्रिया खुला भइसकेको छ । अन्तरक्रिया वा सार्वजनिक सुनुवाईमा सहभागी हुन नपाउनेले टेलिफोन, इमेल, ङ्खयाक्स तथा संविधानसभाको आधिकारिक फेसबुक तथा ट्वीटरमा पनि सुझाव पठाउन सक्नेछन् । संविधानको प्रारम्भिक मस्यौदा पढ्न नपाएकाहरुले संविधानसभाको वेभसाइटमा गएर पढ्न सक्छन् ।त्यस बाहेक जिल्ला जिल्लामा पठाउनका लागि मस्यौदाको २ लाख कपी प्रकाशित गरिएको संविधानसभा सचिवालयले जनाएको छ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विहीवार साँझै पत्रकार सम्मेलन मार्फत जनतालाई संविधानमा आङ्खनो राय दिन अपील गर्नेछन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment