मधेशएक्सप्रेस । सरहा । श्रम मन्लालयका सचिव भोलाप्रसाद सिवाकोटीले फ्रि भिसा र टिकटमा कामदार पठाउने निर्णय नमान्ने म्यानपावरलाई खारेज गर्ने चेतावनी दिएका छन् ।प्रर्वद्धन शुल्क १० हजार, विमा, मेडिकल र कल्याणकारी कोष गरेर बढीमा १८ हजार रुपैयाँमात्र कामदारबाट शुल्क लिएर मलेसिया लगायतका खाडी मुलुकमा कामदार पठाउन सकिने उनले बताए । रिपोटर्स क्लवले आयोजना गरेको साक्षात्कारमा उनले फ्रि टिकट र फ्रि षासहितको डिमाण्ड ल्याएमात्रै पूर्व स्विकृती दिने बताए ।त्यो भन्दा बढी शुल्क लिने वा सरकारी निर्णय कार्यान्वयन नगर्ने म्यानपावर कम्पनीलाई दर्ता रेजसम्मको कारवाही गर्ने उनले चेतावनी दिए । सिवाकोटीले महाशाखाका प्रमुखको संयोजकत्वमा श्रम विभागका डिजी र परराष्ट्रमन्त्रालयका प्रतिनिधि सम्मिलित एक अनुगमन समिति गठन भएको जानकारी दिदै त्यसले आजबाटै अनुगमन सुरु गरेको बताए ।यो ब्यवस्थाले म्यानपावर ब्यवसायीहरुलाई घाटा नपर्ने दावी गर्दै सरकार फ्रि टिकट र भिसाको वस्था कार्यान्वयन गर्न सम्बन्धित मुलुकसँग कुरा गरिरहेको बताए ।क्षात्कारमा बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित अध्यक्ष विमल ढकालले सो निर्णय फिर्ता नभए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिए । उनले श्रममन्त्रीको यो निर्णय नेपालका म्यानपावर व्यवसायलाई धरासायी बनाएर अरुकसैलाई पोस्न गरिएको भन्दै कस्को योजनामा यस्तो निर्णय भयो आश्चर्य प्रकट गरे .
मलेसियासहित विभिन्न ६ मुलुकहरुसित पहिला श्रम स्वीकृति गरेर मात्र निशुल्क भिसा र टिकट लागू गर्नुपर्नेमा व्यवसायीहरुको जोड छ। पूर्वाधारविना शून्य लागत लागू हुन नसक्ने भन्दै व्यवसायीहरुले सरकारले आफ्नो कदम नसच्याए, लाखौं नेपालीहरु वैदेशिक रोजगारमा जानबाट वञ्चित हुने तर्क गरे। ‘विभिन्न माफियाहरुको घेराबन्दीमा परेर सरकारले गृहकार्यविना गरेको निर्णय तुरुन्त नसच्याए आन्दोलनका थप कडा कार्यक्रमहरु ल्याउँछौँ’आर्किट म्यानपावर कम्पनीका डाइरेक्टर बाबुराम खड्काले भने। त्यस्तै पाथीभरा म्यानपावर कम्पनीका व्यवसायी श्यामकृष्ण श्रेष्ठले पनि आफूहरु शून्य लागतको विरुद्धमा नभई सरकारले यसमा अवलम्वन गरेको तरिकाको विरोध जनाएको टिप्पणी गरे। आफूहरुसित परामर्श गरी ति देशहरुसित श्रम स्वीकृति लिएमा आफूहरुलाई शून्य लागतमा कामदार पठाउन आपत्ति नभएको उनले बताए।
No comments:
Post a Comment