मधेशएक्सप्रेस । सरहा । बालाजु छेउछाउका सर्वसाधारण हातमा धानको बिउ लिएर हिलोमा रमाईरहेको बेला मोडल पार्वती राई भने बाईस धाराको पार्कमा तीज गीतमा नाँच्दै थिइन् ।तीज आउन अझै दुई महिना बाँकी छ, हतार भएन रु भनेर सोध्दा उनले जवाफ दिइन्, ‘यसपाली त भूकम्पले ढिला भएको हो, पोहोरको वर्ष असारमै पाँचवटा भिडियोमा काम गरिसकेकी थिएँ ।
’अहिलेसम्म सात सयभन्दा बढी गीतमा मोडलिङ गरेकी पार्वतीले तीज गीतमा नाच्न थालेको ५ वर्ष लाग्यो । राईकी छोरी भए पनि तीजमा उनी खुब रमाउछिन् । ‘मलाई त तीज साह्र्र रमाइलो लाग्छ,’ उनले भनिन् । पार्वतीले अहिले ‘सिंगापुर डलर’ नामको एल्बमका लागि मोडलिङ गरेकी छिन् । तिलक वलि र करिष्मा विसीको स्वर रहेको यस भिडियोको निर्देशन अशोक बिकले गरेका हुन् ।

No comments:
Post a Comment