श्रीकान्त झा । सिरहा । सुझाव दिनका लागि संविधानसभाले सामुदायिक रेडियोमार्फत सहित विभिन्न माध्यमहरु व्यवस्था गरेको छ । संविधानमा आफ्नो वर्ग क्षेत्र वा लिंगको बिषय पनि लिपिबद्ध होस् भन्ने तपाईलाई लाग्छ भने गाविस सचिब, संसद सचिवालयबाट गएका कर्मचारी वा सभासदहरुलाई प्रत्यक्ष भेटेर पनि सुझाव दिन सक्नुहुन्छ । एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका, वा सभा सम्मेलनबाट संविधानको बारेमा तपाईले थाहा पाएको विषयमा चित्त नबुझेमा वा थप्न मन लागेका विषयमा सुझाव दिन सक्नुहुन्छ । साथै तपाईहरु सामुदायिक रेडियो सल्हेश ८८.८ मेगार्हज लगायत नजिकको रेडियो मार्फत सीआईएनमा सुझाव संकलन गरेर पठाए पनि तपाईको सुझाव सम्बन्धित ठाउँमा पुग्नेछ । तपाईले पाउने सेवा सुबिधा लिन र सार्वजनिक अधिकारहरुको उपयोग गर्न संविधानमा उल्लेखित बिषय महत्वपूर्ण हुन्छ । संसद सचिवालयका सचिव मुकुन्द शर्मा संविधानमा आफैले सुझाब दिएर स्वामित्व लिन नागरिकलाई आग्रह गर्नुहुन्छ । नागरिकको राय तथा सुझाब लिनका लागि ७५ ओटै जिल्लामा ४ र ५ गते सार्वजनिक सुनुवाई पनि हुदैछ । त्यस्ता कार्यक्रममा सहभागि भएर पनि सुझाव दिन सकिनेछ ।
No comments:
Post a Comment