/ , / लुटपाट गर्ने योजना बनाएको पूर्वलडाकुलाई साढे ३ वर्ष जेल, एके ४७ बरामद

लुटपाट गर्ने योजना बनाएको पूर्वलडाकुलाई साढे ३ वर्ष जेल, एके ४७ बरामद

मधेश एक्सप्रेस ।  असार २८ ( हतियारसहित पक्राउ माओवादी पूर्वलडाकु नवीनकुमार रोकालाई साढे ३ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङले आइतबार यस्तो निर्णय गरेको हो।
एके ४७ राइफल, एउटा म्यागजिन र १८ राउन्ड गोलीसहित उनी गत वर्ष साउन १ मा मनाङको धारापानीमा पक्राउ परेका थिए। एमाओवादी नेता कालीबहादुर खामको ९ वर्षसम्म अंगरक्षकका रूपमा कार्यरत रोका रुकुम हुकामका बासिन्दा हुन्। अवैध हातहतियार बोकेको र यार्चा व्यापारीलाई लुटपाट गर्ने योजना बनाएको अभियोगमा ११ महिनादेखि कारागारमा रहेका रोकासहित ५ जनालाई प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको इजलासले आइतबार कैद फैसला सुनाएको हो।

मनाङ प्रशासनका सूचना अधिकारी सहायक प्रजिअ रामहरि शर्माका अनुसार रोकाका सहयोगीका रूपमा रहेका जाङ ९ रुकुमका ३८ वर्षीय उजरबहादुर रोकालाई १ वर्ष २ महिना १५ दिन, जाङ ९ रुकुम घर भई हाल चामे ५ मनाङ बस्दै आएका ३५ वर्षीय कुलकबहादुर रोकालाई १ वर्ष २ महिना, हुकाम २ रुकुमका १८ वर्षीय श्यामबहादुर विकलाई १ वर्ष १ महिना १५ दिन र मैकोट ३ रुकुमका २२ वर्षीय विक्रम पुनलाई १ वर्ष कैद निर्णय सुनाएको छ।

उनीहरूको साथबाट प्रहरीले म्यागजिनसहित एके ४७ राइफल र त्यसमा लाग्ने १८ राउन्ड गोली, म्यागजिनसहित चाइनिज पेस्तोल १ नाल र त्यसमा लाग्ने ७ राउन्ड गोली साथै कटुवा पेस्तोल १ नाल, यसमा लाग्ने ७ राउन्ड गोली र एउटा खोका बरामद गरेको थियो। अन्य ५ जना अझै फरार रहेका प्रहरीले जनाएको छ। डीएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार फरारको सूचीमा हुकाम २, रुकुम घर भएका एमाओवादी नेता ४० वर्षीय कालीबहादुर खाम, मैकोट ३ का २५ वर्षीय विश्वास पुन, मैकोट ३ का २२ वर्षीय फलबहादुर पुन र हुकाम ९ का ३० वर्षीय संगम रोका छन्। ‘उनीहरूको खोजी कार्य जारी छ,’ डीएसपी रेग्मीले भने, ‘पोहोरदेखि फरार उनीहरूलाई पक्राउ गर्न प्रहरी लागिपरेको छ।’ सहायक प्रजिअ शर्माका अनुसार फरार ५ जनालाई मुल्तवीमा राखिएको छ।

गत वर्षको जेठमा डोल्पामा यार्चागुम्बु संकलनको विषयलाई लिएर आक्रमण र झगडा भएपछि उनीहरू मनाङमा लुक्न र लुट्ने योजना बनाउन आएको अनुसन्धानबाट खुलेको स्रोतले बतायो। घटनापछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएसँगै हतियारसहित उनीहरू पक्राउ परेको डीएसपी रेग्मीले बताए। मनाङमा ६ वर्षअघि ७ जना गोर्खालीको हत्या भएपछि यार्चाको सिजनमा प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएका बेला उनीहरू पक्राउ परेका हुन्।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment