मधेश एक्सप्रेस । असार २८ झापा–प्रमुख दलका शीर्ष नेताले नयाँ संविधान जारी हुन संसारको कुनै शक्तिले पनि रोक्न नसक्ने बताएका छन्। गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिलान्याश गर्न झपा आएका शीर्ष नेताले साउन महिनाभित्र संविधान जारी भइसक्ने बताएका हुन्।
कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए। ुधेरै बलिदानी र संघर्षबाट परिवर्तन सम्भव भएको हो,ु प्रधानमन्त्रीले भने,ुयो परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको छ।ु उनले परिवर्तनले जनतामा जागरण आएको भन्दै जनताको चेतनाले लोकतन्त्रलाई जोगाउने बताए। प्रधानमन्त्री कोइरालाले साउन महिनाभित्रमा नयाँ संविधान जारी भइसक्ने उल्लेख गरे।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भेदभाव र असमानता अन्त्य गर्ने दिशामा मुलुक अगाडि बढेको भन्दै चिन्ता नलिन आग्रह गरे। १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरुप्रति लक्षित गर्दै ओलीले आफूहरु पनि अन्याय र विभेदका विरुद्ध लडेर आएको भन्दै सोही कुरालाई लिएर चिन्ता नलिन आग्रह गरे। अध्यक्ष ओलीले साउन महिनाभित्र संविधान जारी भइसक्ने दाबी गर्दै नयाँ संविधानमा सबैको हक अधिकार सुनिश्चित हुने बताए ।

No comments:
Post a Comment