गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ ।संविधानको प्रारम्भिक मस्यौदामाथि छलफल गर्न गौर नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा तनाव भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादी सभासद् प्रभु साहलगायत सहभागी कार्यक्रममा मधेसवादी दलका नेताले छलफल सुरु हुनै लाग्दा कुर्सी तोडफोड गरेर अवरोध पुर्याएपछि तनाव भएको हो । मधेसवादी दलका नेता तथा कार्यकर्ताले संविधानको प्रारम्भिक मस्यौदाको विरोध गर्दै छलफल रोक्न माग गरेर कुर्सी तोडफोड गर्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिएको थियो । कार्यक्रमस्थलभित्र तनाव सुरु भएपछि कार्यक्रम स्थलबाहिर मधेसवादी दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच पनि झडप भएको भएको थियो । झडपमा संघीय सद्भावना पार्टीका अध्यक्ष अनिल झा, पूर्वसभासद् बबन सिंहलगायत मधेसवादी दलका केही नेता तथा कार्यकर्ता सामान्य घाइते भएका छन् । झडपका क्रममा प्रहरी उपरीक्षक भीम ढकाल मधेसी दलका कार्यकर्ताबाट कुटिएका छन् । दुवै प्रहरीले कार्यक्रमस्थल भित्रको अवस्था नियन्त्रणमा लिएर माधव नेपाललगायत नेता तथा सभासद्को सुरक्षा दिइरहेका छन् । कार्यक्रम स्थल बाहिर तनाव भए पनि भित्र मस्यौदामाथि छलफल चलिरहेको छ । प्रहरीले घेरा हालेर कार्यक्रमस्थललाई नियन्त्रणमा लिन खोजे पनि अहिले दुवै पक्ष नाराबाजी गरिरहेका छन् । दुवै पक्षका कार्यकर्ता प्रदर्शन गरिरहेकाले यहाँ कुनै पनि बेला झडप हुन सक्ने अवस्था अवस्था रहेको प्रहरीले जनाएको छ । यसै वीच प्रहरीले मधेसवादी दलका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच झडप भए पछि एक दर्जन भन्दा बढि अश्रु ग्यास प्रहार गरेको छ ।
सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो ।
No comments:
Post a Comment