संविधानको प्रारम्भिक मस्यौदाको व्यापक विरोध भएपछि राय सुझाव संकलन गर्न आएको टोलीको कार्य प्रभावित हुने भएपछि जनकपुर स्थित जनकपुर उद्योग वाणिज्य संघमा सुरक्षा निकायलाई बाक्लो रुपमा परिचालन गरिएको छ ।
मधेशवादी दल र नेकपा–माओवादी सहितका दलहरुले विभिन्न जारी मस्यौदा विरुद्ध आन्दोलन घोषणा गरेपछि जउवासंघ सुरक्षाको निकायको व्यारेकमा परिणत भएको छ । प्रारम्भिक मस्यौदा मधेश विरोधी रहेको भन्दै सदभावना पार्टी धनुषा, तराई मधेश लोकतान्त्रिक पार्टी धुनषा र नेकपा–माओवादी सहितका दलहरुले सोको विरोधमा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेपछि सुरक्षा निकायका सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई विभिन्न ठाउमा व्यापक परिचालन गरिएको छ ।
मस्यौदा माथि हुने छलफलमा बाधा अवरोध खडा हुने संकेत स्पष्ट रुपमा देखे पछि जनकपुर उद्योग वाणिज्य संघलाई हिजो देखि नै सो स्थलमा प्रहरी परिचाल गरिएको छ । जसका कारणले गर्दा सो स्थल व्यारेकमै परिणत भएको छ भने सो क्षेत्रबाट आवत जावत समेत निषेध गरिएको छ ।
सिमित दलका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा हुन लागेको सो कार्यक्रम प्रहरीको नियन्त्रणमा रहेकाले संविधानको मस्यौदा माथि हुने छलफल तथा परामर्श प्रभावित हुने भएको छ ।
ज्ञातव्य नै होला धनुषाका प्रमुख जिल्ला अधिरकारी कालीप्रसाद पराजुलीले सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको भन्दै आवश्यकता परेमा नेपाली सेना समेत खटाईने जानकारी दिएका थिए ।
यता पूर्व निर्धारीत कार्यक्रम अनुसार मधेश अधिकार संघर्ष समिति मासले आह्वान गरेको जनकपुर बन्दको पहिलो दिनको बन्दीबाट जनजिवन प्रभावित भएको छ । जनकपुरका मुख्य चोक र राजमार्गमा बन्दको स्पष्ट प्रभाव देखिएको छ । जनकपुरको राम चोक, जनक चोक, भानु चोक, मिल्स एरीया, पिडारी चोक, रामानन्द चोक, बस पार्क सहितका दर्जनौँ चोकहरु तथा बजार स्थल पूर्ण रुपेण ठप्प छ ।
मासका यूवाहरु विहानै देखि मोटरसाईकल रैली निकाली बजार बन्दको अनुगमन गर्दै हिडेको दृश्यहरु सहजै हेर्न सकिन्छ ।
मासको बन्दलाई नेकपा–माअोवादी, मधेशी लोकतान्त्रिक समाज जनकपुर, विभिन्न यूवा संगठन सहितकाहरुले समर्थन गरेको छ ।
No comments:
Post a Comment