/ , , , / सिरहामा धान रापाईमा कमी , यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाई , कृषिके ६८ लाख फरिज

सिरहामा धान रापाईमा कमी , यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाई , कृषिके ६८ लाख फरिज

श्रीकान्त झा । सिरहा । असार १२ । असार आउन वित्न लागदा पनि समयमा वर्षा नहुदा र कामदारको कमीले सिरहामा धान खेती प्रभावित भएको छ । यस बर्ष सिरहामा २२ प्रतिशत धान मात्रै रोपाइ सम्पन्न भएको छ । गाँउघरमा अधिकाँश युवाहरु वैदेशीक  रोजगारीमा जाँदा यस्तो समस्या भएको कुरा स्थानीय किसानहरु  गुनासो रहेका छन ।
 त्यस्तै कृषि कार्यालयमा गत आथिर्क वर्षमा आएको बजेटमध्ये ६८ लाख ८१ हजार ७ सय बजेट फरिज भएको छ । सूचना अधिकृत योगेन्द्र यादवले कृषि प्रसार कार्यक्रमको ११ लाख ४१ हजार, राहत कार्यक्रमको २३ लाख ४ हजार ४ सय, राष्ट्रपति चुरे तराई विकास समितिको ७ लाख ९२ हजार, बलान खोला जलाधार कार्यक्रमको ४ लाख ३० हजार, बास्नादार तथा मसिना धान कार्यक्रमको ३ लाख ३४ हजारलगायत शीर्षकको बजेट फरिज भएको बताए ।


यता  पानीको पिडा वेग्लै र मजदुरको समस्या थप भएकाले अव खेती किसानी गर्नुभन्दा अन्य पेशा नै रोज्नु पर्ने भा सिर्जना भएको हो । पानिको उचित व्यवस्थापनअसर कृषिमा नाँया आधुनिकीकरणकण प्रविधिको विकास नभए सम्म केही दिनमा कृषि पेशा नै छाडन वाध्य हुनु नपरोस भन्ने कुरा स्थानीय किसान भोली कामती ले बताउनु  भयो । तराईमा अन्नको भण्डारका रुपमा चिनिन अन्य जिल्लाहरुमध्ये सिरहा पनि एक हो ।  कुल ६० हजार ७ सय ५७ हेक्टर जमिनमा धान खेती गरीने भएपनि हालसम्म १३ हजार २ सय १२  हेक्टरमा मात्रै रोपाइ सम्पन्न भएकोे कुरा कृषी विकास कार्यालय सिरहाका सूचना प्रमुख योगन्द्र प्र्रशाद यादवले बताउनु भयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment