
विर्को खोलिएका दुवै बोतल इलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो नियन्त्रणमा लिएको छ । सोही क्रममा खोजी गर्दा यो भन्दा केहि दिन अगाडी सिलबन्दी स्लाईसको बोतल भित्र कालो कमिला फेला परेको थियो । यसै सम्बन्धमा स्वास्तिक कोल्ड स्टोरका संचालक एवं पेप्सी कम्पनी सिरहाका डिलर पशुपति साहसंग बुझ्न खोज्दा दुई, चार वटा बोतलमा किरा भेट्नु ठुलो कुरा नभएकोेले यसले केहि फरक नपार्ने बताए ।
गर्मीयाममा चिसो पेय पदार्थको प्रयोगमा बृद्धि भएको बेला बन्द बोतल भित्र कमिला भेट्नु र डिलर लगायत कम्पनीले चासो नदेखाउनु आफ्ैमा गम्भिर प्रश्न रहेको भन्दै स्थानियले सम्बन्धित बिक्रता र कम्पनीमाथी आक्रोश पोखे । यसै सम्बन्धमा काठमाडौंमा रहेको पेप्सी कम्पनिको कार्यालयमा पटक पटक बुझन खोज्दा कार्यालयले बेबास्ता गर्दै आएका छन् । यसबाट आफै प्रष्ट हुन्छ कि उक्त पेय पदार्थहरुको प्रयोगबाट मान्छे मरे पनि आफ्नो ब्यवसाय राम्ररी संचालनमा रहोस कम्पनको धारणा हुन सक्छ । यता, उत्पादनमा लापरवाही गर्ने कम्पनि र बिक्रेता दुवैलाई कानुन बमोजिम कार्बाही गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिश्वकर्माले दाबी गरेका हुन् ।
No comments:
Post a Comment