मधेसमा क्रियाशील सामाजिक कार्यकर्ताहरुको भनाइमा असन्तुष्ट चार दलले मस्यौदामा यत्तिको प्रतिरोध होला भन्ने कल्पनै गरेका थिएनन् । किनकि जनमत संकलन अवरोध असफल पार्न लाग्नेमा ती दलका कार्यकर्ताभन्दा बढी संख्या राजनीतिक दलमा संलग्न हुदै नभएका युवाको देखियो । ‘सीमांकनबिनाको संविधान र नागरिकतामा मधेसी प्रतिकुल हुने गरी अस्पष्ट खालका व्यवस्था,’ विश्लेÈक तुलानारायण्ँ साहले जनकपुरबाट कान्तिपुरस“ग टेलिफोनमा कुरा गर्दै भने, ‘यी दुइटा कुराले उनीहरुलाई धेरै आक्रोशित बनाएको देखियो ।’
हुन पनि, जनकपुरको नगरÔेत्रमा जनमत संकलन हुन सकेन । महोत्तरीका सदरमुकामलगायत अधिकांश Ôेत्रमा अवरोध भयो । सिरहाको Ôेत्र नं १ मा होहल्ला नै भयो । सप्तरीमा पनि १ र ५ मा मात्रै मत संकलन भयो । अरु चार Ôेत्र तनावपूणर््ँ रहे । पर्सा, बारादेखि सुनसरीसम्म त्यस्तै भयो । नारायण्ँीपश्चिममा पनि कपिलवस्तु र रुपन्देही तनावपूणर््ँ रहे । झापा र मोरङमा लिम्बुवान कार्यकर्ताले अवरोध गरे । अरु जिल्लामा अवरोधको खासै प्रभाव परेन । १६ बुदे सहमतिको हस्ताÔरकर्ता मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको वर्चस्व रहेका कैलाली र कञ्चनपुरजस्ता जिल्लामा, राष्ट«िय मधेस समाजवादी पार्टीको वर्चस्व रहेका जिल्लामा जनमत संकलन सौहार्द वातावरण्ँमा आयोजना भए । ती जिल्लालाई छाड्ने हो भने मधेसले मस्यौदालाई सहज ढंगले ग्रहण्ँ गर्न नसकेको १६ बुदे सहमतिको समर्थक दल रामसपाका प्रवक्ता केशव झाले कान्तिपुरसग स्वीकारे । ‘संविधानमा मधेस आन्दोलनको शब्दै नराखेको, सीमांकन नभएको, नागरिकतामा मधेसीलाई सहज नहुनेगरी प्रावधान राखेकोमा मधेसीहरुको असन्तुष्टि व्यापक रुपमा पोखियो,’ झाले भने, ‘अवरोध गर्नेले मात्रै होइन, जनमत संकलनमा भाग लिनेले समेत यिनै कुरा उठाएका छन् ।’
यी तीन दिनका घटनापछि मधेसी मोर्चाले बिहीबार वीरगञ्ज हुदै अरु चार सहरमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने योजना बनाएको छ । त्यसअनुसार शुक्रबार भैरहवा, आइतबार जनकपुर, ११ गते विराटनगरमा उनीहरुले प्रदर्शन आयोजना गर्नेछन् । ती सबै प्रदर्शन र सभाको नेतृत्व संघीय समाजवादी फोरम अध्यÔ उपेन्द्र यादव, सद्भावना अध्यÔ राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यÔ महन्थ ठाकुर र तराई मधेस सद्भावना पार्टी वरिष्ठ नेता रामनरेश राय यादवले गर्ने मोर्चा स्रोतले जानकारी दियो । तमसपा अध्यÔ महेन्द्र यादव उपचारक्रममा छन् । मस्यौदाको प्रतिरोध मधेसमा हुन्छ कि हुदैन भन्ने उनीहरुको संशयलाई दुई दिनका अवरोध र एक दिनको बन्दले हटाइदिएको चार दलका नेताहरुको ठहर छ । समाजवादी फोरम अध्यÔ यादवले कान्तिपुरलाई भने, ‘बन्द र अवरोधमा हामीले चिताएभन्दा बढी जनता आए । मधेसले संविधानको मस्यौदा पूणर््ँतया ः अस्वीकार गरिसक्यो ।’ यसरी अवरोध गर्नेमा कांग्रेस, एमाले र एमाओवादीका मधेसी कार्यकर्तासमेत सक्रिय रहेको यादवको दाबी छ । सद्भावना अध्यÔ महतोले संविधान जबर्जस्ती जारी गर्ने आकलन गरे पनि कार्यान्वयन हुने सम्भावना नरहेको भन्दै त्यसैका लागि थप संघर्Èको रण्ँनीति बनाइरहेको बताए । ‘संविधान त बन्ला, त्यो बन्नु महत्वपूणर््ँ होइन । बनेको सविधान जनताले लागू हुन दिन्छन् कि हुदैनन्, त्यो महत्वपूणर््ँ हो,’ महतोले कान्तिपुरसग भने, ‘विगतका आन्दोलनका उपलब्धि इन्कार गरेर, अधिकार कटौती गरेर मस्यौदा आएकाले संविधान बने पनि कुनै अर्थ छैन ।’
काठमाडौंमा सानातिना प्रदर्शनमा सीमित मधेसवादी दलहरु यसपल्टको मधेसकेन्द्रित अवरोधपछि एकीकृत योजना बनाउन कस्सिएका हुन् । झापा र मोरङमा लिम्बुवान कार्यकर्ताको विरोधबीच, केही पहाडी जिल्लामा जनजातीय पार्टी र संगठनको अवरोधसमेतले उनीहरुलाई उत्साहित बनाएको देखिन्छ । तर फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले सुदुरपश्चिम तराईमा जनमतसंकलन प्रभावकारी रुपमा सम्पन्न भएको जानकारी दिए । संविधान बन्नुको विकल्प नभए पनि पछिल्ला दिनमा उठेका आवाजको सुनुवाई नभए स्थानीय जनतासग दलहरुको दूरी बढ्न सक्ने उनले औंल्याए । ‘सीमांकनविनाको संविधान मान्य नहुने आवाज सबैतिर उठ्यो, यसलाई कसरी सम्बोधन गर्ने चुनौती प्रमुख हो,’ कैलालीबाट फर्केर कान्तिपुरस“ग कुरा गर्दै चौधरीले भने, ‘जनमतसंकलनमा आएका मागबारे मुख्य दलहरु एक पटक गम्भीरतापूर्वक बस्नुपर्ने भएको छ ।’
मोर्चाबाहिरै रहेको रामसपाले सीमांकन नटुंग्याए अनपेÔित परिण्ाँम आउनसक्ने संकेत देखिएको भन्दै कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकलाई झक्झक्याउन थालिसकेको छ । ‘सीमांकनविना संविधान जारी गरे भयावह अवस्था आउछ भन्ने संकेत मधेसको अवरोधले देखाइसक्यो,’ रामसपा प्रवक्ता झाले भने, ‘यी मुद्दालाई सम्बोधन गरेर मात्रै शान्ति र स्थिरता आउन सक्छ भनेर जोड गरिरहेका छौं ।’
जनमतसंकलनपछि संविधानको प्रक्रिया निष्कर्Èमा पुग्नै लाग्दा आन्दोलन चर्काउने रण्ँनीतिमा लागेका मधेसी नेताहरु यसका लागि ‘साइत कुरिरहेको’ बताइरहेका छन् । फोरम अध्यÔ यादवले त्यसैका लागि तयारी भइरहेको जानकारी दिए । सद्भावना अध्यÔ महतो र फोरम अध्यÔ यादवले ‘लाइकमाइन्डेड’ बीच मोर्चाबन्दीको तयारी भइरहेको खुलाएका छन् ।
No comments:
Post a Comment