/ / आचरणहिन काम गर्ने ४०१ प्रहरी कारबाहीमा ,सिरहामा खुुलेयाम आचारण हिन प्रहरीहरु यस्तो प्रहरीलाई पनि कर्वाही र्गनुर्पछ

आचरणहिन काम गर्ने ४०१ प्रहरी कारबाहीमा ,सिरहामा खुुलेयाम आचारण हिन प्रहरीहरु यस्तो प्रहरीलाई पनि कर्वाही र्गनुर्पछ

मधेशएक्सप्रेस सम्वाददता । असार ।




अति लाएक गर साथी हरु कि ओ फोठो सिदिओ सङं पुगोस हाम्रो गाउँ को विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीको उपस्थिती बिनै नेपाल प्रहरी र सशस्त्र प्रहरी यातायातका साधनहरुको आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र चेकजाँच गर्ने गरेको छ । यो एउटा राम्रो कुरा हो । मोटरसाईकल र अन्ययातायातका चालकहरुलाई ओभरलोड वाप्त २ सय देखि हजार सम्म जरिवाना कटाउदै आएका सु्रक्षाकर्मीहरु सोमवार सिरहामा अपन दैनिकको क्यामरामा आफै कैद भएको छ । यो ओभरलोड हो भने कस्ले जरिवाना गर्ने ?

सर्वसाधारणको मन जित्न मुस्कानसहितको प्रहरी सेवा सञ्चालन गरेको प्रहरीले लुम्विनी अञ्चलमा आफ्नो अभियान सफल भएको दाबी गरेको छ।अञ्चल प्रहरी कार्यालय लुम्बिनीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी बरिष्ठ उपरिक्षक गणेश केसीले चालु आर्थिक बर्षको अन्त्यसम्म आईपुग्दा प्रहरीले जनताको मन जित्न सफल भएको दावी गरे।भ्रष्टाचार प्रतिको शून्य सहनशिलता एवं लैंगिक तथा यौन हिंसा बिरुद्धको शून्य सहनसिलता अपनाउने केन्द्रीय नीति अनूरूप आफू मातहत अनुशासन र चरणहिन काम गर्ने ४ सय १ जना प्रहरी कर्मचारी कारबाहीमा परेको समेत केसीले जानकारी दिए।‘अव जनताको मन नजितेसम्म प्रहरी कुनै अभियानमा सफल हुन सक्दैन अपराधिलाई निरूत्साहन र नियन्त्रण गर्न तथा सुशासन कायम गर्न पनि जनताको साथ समर्थन चाहिन्छ त्यसका लागी प्रहरीले जनताको मन जित्नुको कुनै बिकल्प छैन’,

केसीले मुस्कान सहितको प्रहरी सेवा संचालन पछि कार्यालय सहायकदेखि प्रहरी निरीक्षकसम्मलाई कारवाही गरिएको बताए। ‘राम्रो काम गर्नेलाई प्रोत्साहन र सम्मान तथा आचरण हिन र नीति निर्देशन विपरीत काम गर्नेलाई कारबाही गर्ने प्रहरीको रणनीतिलाई हामी निरन्तर अवलम्बन गर्छौ,’ केसीले भने।
कारबाहीबाट प्रहरी संगठन भित्र रहेको दण्डहिनताको अन्त्य गर्ने तथा गैर आचरण भएका प्रहरीको आचरण सुधार गर्ने कार्यमा सघाउ पुर्‍याउने केसीले दावी गरे।
प्रहरी वरिष्ठ उपरीक्षक केसीका अनुसार ७ प्रहरी निरीक्षक, २५ जना प्रहरी नायव निरीक्षक, ४६ प्रहरी सहायक निरीक्षक, ८१ प्रहरी हवल्दार, २ सय ३५ प्रहरी जवान र ७ जना प्रहरी कार्यालय सहायक कारबाहीमा परेका छन्।
जसमध्ये १ जना प्रहरी नायव निरीक्षक, २३ जना प्रहरी जवान र ३ जना कार्यालय सहायकलाई जागिरबाटै बरखास्त गरिएको केसीले जानकारी दिए।
यसका साथै आचरण हिन काम गर्ने १६ जना प्रहरीलाई एक तह घटुवा, १० जनाको पदोन्नती रोक्का, ८ जनाको ग्रेड रोक्का, ४ जना निलम्बन, १ सय ७० जनालाई नसिहत तथा १ सय ६४ जनालाई सख्त चेतावनी दिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो।
कारबाहीमा पर्ने प्रहरीमा सेवाग्राहीलाई अलमलमा पार्ने, मादक पदार्थ सेवन गर्ने , प्रलोभनमा पर्ने,  भ्रष्टाचार लगायतका कार्यमा सम्लग्न हुने गरेकाहरुलाई प्रहरी नियमावली २०७१ अनुसार कारबाही गरीएको केसीले बताए।
प्रहरी संगठनभित्र आचरण हिन काम हुने गरेको व्यापक जनगुनासो आउन थालेपछि मुस्कान सहित र जनमैत्री सेवा सञ्चालन सँगै कारवाही प्रकृयालाई अगाडि बढाएपनि माथिल्लो तहभन्दा तल्लो तहको प्रहरीमात्र कारवाहीमा पर्ने गरेको कतिपय प्रहरी नै बताउँछन्।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment