/ / पूरा भयो एचआइभी उपचारको लक्ष्य, १५ वर्षभित्रमा एड्सको महामारी अन्त्य हुने

पूरा भयो एचआइभी उपचारको लक्ष्य, १५ वर्षभित्रमा एड्सको महामारी अन्त्य हुने

मधेश एक्सप्रेस ।  सन् २०१५ सम्ममा डेढ करोड एचआइभी संक्रमितको उपचार गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य पूरा भएको छ ।राष्ट्रसंघीय एड्स एजेन्सीका अनुसार राष्ट्रसंघले तय गरेको लक्ष्य निर्धारित समयभन्दा ९ महिना अगावै अर्थात् गत मार्च महिनामै हासिल भएको छ ।

सन् २००० मा संयुक्त राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्य अन्तरगत एच आइ भी विरुद्धको संघर्षमा समेत लक्ष्य तय गरेको थियो, जतिबेला ७ लाख एचआइभी संक्रमितले मात्र औषधोपचार पाएका थिए ।एच आइ भी विरुद्धको विश्वव्यापी संघर्षका कारण सन् २००० यता ३ करोड मानिसलाई एच आइ भी संक्रमित हुनबाट बचाइएको तथा एड्सकै कारण हुने ८० लाख मृत्यु रोक्न सकिएको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ ।

यो अवधिमा विश्वमा नयाँ एच आइभी संक्रमणको दर घटेर २६ लाख प्रतिवर्ष बाट १८ लाख प्रतिवर्षमा झरेको छ । त्यस्तै एड्सका कारण हुने वार्षिक मृत्यु १६ लाखबाट १२ लाखमा झरेको छ ।सन् २००० देखि २०१४ सम्मको अवधिमा एच आइ भी को क्षेत्रमा भएको विश्वव्यापी लगानीमा समेत उल्लेखनीय वृद्धि भएर ४ अर्ब ८० करोडबाट २० अर्ब डलर पुगेको छ ।राष्ट्रसंघका अनुसार आउँदो पाँच वर्षसम्म विश्वव्यापी रुपमा एकताबद्ध प्रयास भएमा सन् २०३० सम्ममा एड्सको महामारीको अन्त्य गर्न सकिने युएन एड्सले जनाएको छ ।
 यद्यपि विश्वका कतिपय क्षेत्रमा भने प्रगति सुस्त रहेको बताइएको छ ।एचआइभी संक्रमणको अवस्थाका विषयमा जनचेतनाको अभाव तथा संक्रमित बच्चाहरुमा उपचारको पहुँच कम हुन सबैभन्दा ठूलो चुनौतिको रुपमा रहेको युएनएड्सको भनाइ छ ।राष्ट्रसंघका अनुसार प्रतिवर्ष नयाँ एचआइभी संक्रमित थपिने दर उल्लेखनीय रुपमा घटेपनि अहिले भएका प्रतिवर्ष १८ लाख नयाँ रोगी थपिनु समेत निकै गम्भीर तथा अस्विकार्य अवस्था हो । अहिले विश्वमा हुने एचआइभी संक्रमण मध्ये ६६ प्रतिशत सब सहारा अफ्रिका क्षेत्रमा हुने गर्छन् । विश्वमा अहिले एचआइभी संक्रमित मानिसको कुल संख्या ३ करोड ६९ लाख रहेको र त्यसमध्ये २ करोड ५८ लाख संक्रमित सब सहारा अफ्रिका क्षेत्रमै रहेका छन् ।संयुक्त राष्ट्रसंघले सन् २००० मा तय गरेको सहश्राब्दी विकाश लक्ष्यको अवधि यो वर्ष सन् २०१५ मा सकिँदैछ । अर्कोवर्ष बाट राष्ट्रसंघले सहश्राब्दी विकाश लक्ष्यको साटो दिगो विकाश लक्ष्य तय गर्नेछ ।राष्ट्रसंघका महासचिव बान की मुनले एड्सको महामारी घटाउनका लागि विश्वले महत्वपूर्ण योगदान गरेको भन्दै अब दिगो विकाश लक्ष्यको भागको रुपमा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment