राम नारायण पंडित, सिरहा, श्रावण ।- सिरहाका मिर्चैयामा शनिबार (आज) आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा विपक्षी दलहरुले मस्यौदा च्याँति दिएका छन् । श्रावण ४ र ५ गते हुने मस्यौदा सम्वन्धि सुझाब संकलन कार्यक्रमको सम्वन्धमा जानकारी दिने उदेश्यले आयोजित कार्यक्रममा बिपक्षी दलहरुले विरोध गर्दै मस्यौदा च्यातेको हो । १६ बुँदे सम्झौता र सविधानका मस्यौदाको विरोधमा मस्यौदा च्यातेको विपक्षी दलहरुले बताएका हुन । मिर्चैया नगरपालिकाको कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा मस्यौदा वितरण गरे लगतै विपक्षी दलहरुले नाराबाजी गर्दै मस्यौदा च्यातिएको थियो । यो मस्यौदा कोनो हालतमा स्वीकार नगर्ने बिपक्षी दलहरुले चेतावनी दिएका छन् । विपक्षी दलहरु मस्यौदा च्यातँदै कार्यक्रम वहिष्कार गरेपछि कार्यक्रम संचालन हुन नसकेको मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । मस्यौदाको बिरोध गर्ने दलहरुमा संघिय समाजबादी फोरम नेपालका राम दयाल यादब, तमसपाका प्रदिप साह, तमलोपाका चन्द्रकला साह, सदभाबना पार्टीका रेनु शर्मा र राप्रपा नेपालका बद्रि साह लगायतका रहेका छन् ।
मिर्चैयामा विपक्षी दलले मस्यौदा च्याँतियो

No comments:
Post a Comment