/ , , , / पत्रकार महासंघ सप्तरी एनजिओकरण गतिविधि नरोके कडा संघर्षमा उत्रिन चेतावनी

पत्रकार महासंघ सप्तरी एनजिओकरण गतिविधि नरोके कडा संघर्षमा उत्रिन चेतावनी

 वैद्यनाथ यादव । सप्तरी । असार 5 -
पत्रकार महासंघ शाखा सप्तरीले युनियन सप्तरीलाई हल उपलब्ध नगराउँदा खुल्ला ठाउँमा आयोजना भएको पत्रकार सम्मेलनको दृस्य ।पत्रकार महासंघ शाखा सप्तरीले युनियन सप्तरीलाई हल उपलब्ध नगराउँदा खुल्ला ठाउँमा आयोजना भएको पत्रकार सम्मेलनको दृस्य ।नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश कुमार झाले नेपाल पत्रकार महासंघ शाखा सप्तरी एनजिओकरणजन्य गतिविधि नरोके कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।नेपाल पत्रकार महासंघको भवन अगाडि सडकमै शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । पत्रकार महासंघ कुनै गुट वा गिरोहको नभई समग्र पत्रकारहरुको संगठन भएको भन्दै पछिल्लो समय महासंघका पदाधिकारीहरु एनजिओकरणतर्फ उन्मुख भएको प्रति चिन्ता व्यक्त गर्दै उनले भने– पत्रकार महासंघ कुनै व्यक्ति विशेषको बपौती नभई सम्पूर्ण पत्रकारहरुको साझा संगठन हो, त। पछिल्लो समय महासंघको गतिविधी पूर्वाग्रही एवम् एनजिओकरणतर्फ केन्द्रित भएकोले तत्कालै नसुध्रिए धर्ना, तालाबन्दी र अविश्वासको प्रस्ताव लगाउन बाध्य हुनेछौं ।

शिक्षा कार्यालयको तीन महिनाको साक्षरता अभियान एक महिनामै कागजी मिलान गरेर सम्पन्न हुन लागेको उक्त कार्यक्रमको अनुगमनको जिम्मा लिएर अनियमितता तथा बेथिती विरुद्ध सशक्त आवाज उठाउनुको साटो संस्थागत भ्रष्टाचारलाई बढावा दिने काम भइरहेको युनियनका केन्द्रिय सदस्य झाले बताए । स्थानीय शान्ति समितिमा संस्थागत रुपमा पत्रकार महासंघका अध्यक्षहरुले प्रतिनीधित्व गर्दैआएकोमा केही दिन अघि पुनर्गठित शान्ति समितिमा महासंघको प्रतिनीधित्व हुन नसक्नुले सप्तरीका सम्पूर्ण पत्रकारहरुको भावना ठेस पुगेको तथा महासंघको शाखलाई समेत गिराउने काम भएको उनले बताए ।
महासंघ शाखा सप्तरीको गतिविधिप्रति नेपाल प्रेस युनियन केन्द्रिय समितिको समेत ध्यानाकर्षण भएको जानकारी दिँदै उनले जेवाससिसी गठन भएको महिनौ वितिसक्दा पनि मिटिङ्गसम्म बस्न नसकेको, महिनौदेखि कार्य समितिको समेत बैठक बस्न नसकेको, विना निर्णय विभिन्न सामानहरु खरिद गरेको, पत्रकार सम्मेलनमा सम्पूर्ण पत्रकारहरुलाई जानकारीसम्म नदिने गरेको, महासंघमा टेलिफोन हुँदाहुँदै त्यसको प्रयोग नगरी केही पत्रकारलाई मात्र एसएमएस पठाउने गरेको, विभिन्न अनुगमन सम्वन्धि कार्यहरुमा केही सिमित व्यक्तिलाई मात्र जिम्मा दिने गरेको, महासंघमा रहेको वाइफाइ इन्टरनेट कसैको व्यक्तिगत नभए पनि दिनैपिच्छे पासवर्ड परिवर्तन गर्ने गरेकोले त्यस्ता गतिविधिहरु तत्काल बन्द गर्न युनियनका केन्द्रिय सदस्य झाले आग्रह गरे । पत्रकार महासंघले यदी नेपालको नियम कानूनको सम्मान गर्दछ भने प्रत्येक तीन महिनाको गतिविधि नोटिसबोर्डमा सार्वजनिक गर्न उनले आग्रह गरे ।महासंघ सप्तरीका पूर्व उपाध्यक्ष समेत रहेका झाले नागरिक राष्ट्रिय दैनिकका सप्तरी सम्वाददाता जितेन्द्र कुमार झालाई ज्यानमार्ने धम्की दिने व्यक्तिको महिनौं वितिसक्दा पनि धम्क्याउने व्यक्तिलाई कार्वाही हुन नसकेको, राजविराज नगरपालिकाको समाचारको सन्दर्भमा समेत महासंघले पञ्चैती गरेर गोबर–माटो पोत्ने काम गरेको बताए । सप्तरीको पत्रकारिताको पर्यावाची मानिने वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई पिसाब नलीको अप्रेशन भई सघन उपचारमा रहँदा पनि महासंघले कुनै प्रकारको सहयोग  नगरेको उनले आरोप लगाए । वरिष्ठ पत्रकारको उपचार खर्च उपलब्ध गराउनकालागि प्रेस युनियनले गम्भीरताका साथ सञ्चार मन्त्रालयसँग विशेष पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । यसैगरी प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य सुमन मिश्रा र प्रेस काउन्सिलका पूर्व सदस्य देवराम यादवलाई पितृशोक परेकोमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिकालागि उनले कामना समेत गरे ।महासंघको सभाहलमा पत्रकार सम्मेलन आयोजनाका लागि अध्यक्ष प्रकाश खतिवडासँग समय निर्धारण गरिए पनि कार्यालयसम्म नखोलिएको उनले दुःख व्यक्त गरे । पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरुको साझा संगठन भएको तथा सम्पूर्ण पत्रकारहरुले  मेहनत गरेर भवन निर्माण गरेको चर्चा गर्दै उनले भने– पत्रकारहरुका लागि महासंघ नखोलिनु घोर निन्दनीय कार्य हो, महासंघको यस्ता रबैयाको भत्र्सना गर्दछु । पत्रकार सम्मेलनमा अध्यक्ष खतिवडा स्वयं ८।३० बजे उपस्थित हुने प्रतिवद्धता गरेर दश बजेसम्म पनि नआई सम्पर्क बाहिर रहनु महासंघको गैरजिम्मेवारपूर्ण कार्य भएको युनियनका केन्द्रिय सदस्य झाले बताए । महासंघको कार्यालय नखोलिए पछि सडकमै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

राष्ट्रिय मिडिया पत्रकार सञ्जालले महासंघलाई पटक–पटक सजग गराउँदै आए पनि बेवास्ता गर्दै आएकोले जायज माग तत्काल सम्वोधन गर्न युनियनका केन्द्रिय सदस्य झाले आग्रह गरे । युनियन सप्तरीका कार्यवाहक अध्यक्ष रामनारायण विश्वासको अध्यक्षतामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment